बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भौतिक पूर्वधारलाई मात्र विकास मान्ने मानसिकता त्यागौँ : परराष्ट्रमन्त्री ज्ञवाली

शुक्रबार, २९ भदौ २०७५, २० : ४२
शुक्रबार, २९ भदौ २०७५

कावासोती । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भौतिक पूर्वधार निर्माणलाई मात्र विकास मान्ने मानसिकता त्याग्न आग्रह गरेका छन् । 

आज नवलपरासीको देवचुलीमा आयोजित ‘बालमैत्री नगरपालिका’ घोषणासभामा उनले भने, ‘विकास भनेको ठूल्ठूला बाटोघाटो, पुल, विद्यालय भवनलगायत भौतिक पूर्वधारलाई मात्र विकास मान्ने भ्रमित मानसिकतालाई त्याग्न जरुरी छ ।’ 

मन्त्री ज्ञवालीले विकासको महत्वपूर्ण पक्ष भनेको मानवीय र त्यसमा पनि बालबालिकाको विकास भएको उल्लेख गर्दै महिला, बालबालिकाको अवस्थाबाट नै त्यस समाजको विकासको समग्र तस्बीरलाई प्रतिबिम्बित गरेको हुन्छ भने । 

बालबालिकाको अधिकार र सुरक्षाका लागि राज्यले नेतृत्वदायी भूमिका खेल्नेमा कुनै शंका नरहेको बताउँदै उनले बालबालिकाको विकासमा सरकारसंगै समुदाय र परिवारको पनि उतिकै दायित्व रहेको धारणा व्यक्त गरे । 

नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिका देशको दोस्रो तथा गण्डकी प्रदेशको पहिलो बालमैत्री स्थानीय तहका रुपमा घोषणा भएको हो । यसअघि नवलपरासी पश्चिमको सुनवल नगरपालिका देशको पहिलो बालमैत्री स्थानीय तहका रुपमा घोषणा भइसकेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप