बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मला पन्त प्रकरण सरकारको अग्नि परीक्षाः अध्यक्ष केसी

शुक्रबार, २९ भदौ २०७५, २० : ५९
शुक्रबार, २९ भदौ २०७५

भीमदत्तनगर । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले कञ्चनपुर भीमदत्तनगरपालिकाका १३ वर्षीया बालिका निर्मला हत्या प्रकरण सरकारको अग्नि परीक्षा भएको बताएका छन् । 

अनेरास्ववियु छैठौँको दशौँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले भने, ‘बलात्कारी र हत्यारालाई अहिलेसम्म सरकारले पक्राउ गर्न नसक्नु ज्यादै दुःखद विषय हो ।’ 

अध्यक्ष केसीले अनुसन्धान लम्ब्याउने र जनताले घटना बिर्सदै जान्छन् भन्ने सोच त राज्यको छैन भन्दै ‘अपराधी लुकाउने षड्यन्त्र भए निर्मला मारिएका÷मा¥यै हुन्छन्, त्यसैले अपराधीले उन्मुक्ति पाउनुहुँदैन्’, भने । 

फरक प्रसङ्गमा उनले आर्थिक, सामाजिक र भौतिक कारणले पनि मुलुकले सङ्घीयता धान्न नसक्ने बताउँदै समृद्धि, राष्ट्रिय सद्भाव र एकताका लागि पनि मुलुकमा सङ्घीयता आवश्यक नभएको धारणा व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप