शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वत सेवा समाजद्वारा बालकको उपचारका लागि ४६ हजार सहयोग

शनिबार, ३० भदौ २०७५, १३ : ५६
शनिबार, ३० भदौ २०७५

गुल्मी–गुल्मीका एक बालकको उपचारका लागि पर्वत सेवा समाज इजरायलले आर्थिक सहयोग गरेको छ । त्यहाँबाट समाजकी संयोजक पर्वतकी दिपीका भुसालले नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी मार्फत गुल्मी ईस्मा गाउँपालिका ४ बर्षिय बालक उमेश कुमालको उपचारका लागि ४६ हजार रुपैयाँ सहयोग संकलन गरी पठाएकी हुन् । 

  केहि दिन अघि पकाई राखेको दालमा घरको तलाबाट खसेका ती बालकका परिवाजरनले उपचार गर्ने खर्च नभए पछि तम्घास अस्पतालका स्वास्थ्यकर्मीहरुले आफै चन्दा उठाएर उपचार गरेका थिए ।

  त्यहाँ सम्भव नभए पछि ति वालकलाई पाल्पाको मशिन अस्पतालमा भर्ना गरी उपचार गरिएको छ । 
नेता भण्डारीले नेपाल प्रेस युनियनको ७  औ जिल्ला अबिधेशनको अवसरमा उक्त रकम हस्तान्तरण गरी युनियनलाई बालकको अक्षय कोष स्थापना गर्न लगाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप