बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सोल्टिनी भन्दै देखा परिन् कालेदाइकी माला

बिहीबार, ०५ साउन २०७४, १४ : ४४
बिहीबार, ०५ साउन २०७४

काठमाडौं – चलचित्र ‘पर्व’को ‘काले दाई काले दाई..’ बोलको आइट गीतबाट सर्वाधि चर्चामा रहेकी अभिनेत्री माला लिब्बुको अभिनय रहेको अर्काे गीत  ‘सोल्टिनी...’ सार्वजनिक भएको छ । 
गायक सुसन साम्सोहाङ लिम्बुले आफ्नो जन्मदिनको अवसर पारेर बुधवार सार्वजनिक गरेको ‘तिम्रै लाग्छ पिर...’ को म्युजिक भिडियो पनि उनको दमदार अभिनय रहेको छ । 
‘तिम्रै लाग्छ पिर...’ गीतमा हरि लम्सालको संगीत र नरेश भट्टराईका शब्दहरु छन् । अर्जुन तिवारीले छायांकन गरेको गीतको म्युजिक भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।
गायक लिम्बुको ‘तिम्रै लाग्छ पिर...’ गीतको म्युजिक भिडियोलाई डिआइडी फेम कोरियोग्राफर सुनिल क्ष्ँेत्रीले गरेका हुन् । भिडियोमा सुनिल आफैंले अभिनेत्री माला लिम्बुसंग आकर्षक नृत्य तथा अभिनयमा देखिएका छन् । भिडियोमा नेपाली ठिटोजलाई पनि फिचरिङ गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप