शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपिल शर्मा तेस्रो पटक सेटमा बेहोस, आखिर के भयो ?

बिहीबार, ०५ साउन २०७४, १५ : २८
बिहीबार, ०५ साउन २०७४

भारतीय हास्यकलाकार कपिल शर्मा पुनः एकपटक बेहोस् भएको खबर सार्वजनिक भएको छ । कपिल शर्माको स्वास्थ्य अचानक खराब भएपछि उनलाई अस्पताल भर्ना गनुपरेको छ ।

स्पटबोईको खबर अनुसार बुधबार बेलुका फिल्म सिटी स्टूडियोमा कपिल शर्माको सुटिङ अनिल कपूर र अर्जुन कपूरसँग हुने कार्यक्रम थियो । सबैजना साढे ६ बजे सेटमा पुग्नुपर्ने थियो किनभने सुटिङ ८ बजे सुरु हुँदैथियो । अर्जुन र अनिल कपूर निर्धारित समयमा नै सेटमा पुगेका थिए । करिब साढे आठ बजे कपिल बेहोस भए र उनलाई तुरुन्त कोकिलाबेन अस्पतालमा पुर्याइयो जसका कारण सुटिङ स्थागित गर्नुपर्यो । खबरका अनुसार अहिले कपिललाई डाक्टरको निगरानीमा राखिएको छ ।

स्मरण रहोस्, यो भन्दा अघि पनि कपिल शर्मा सेटमा नै बेहोस भएपछि शाहरुख र अनुष्का शर्मासँगको सुटिङ स्थगित गर्नुपरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप