बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

साम्राज्ञीले धोका दिँदा हिरोको अङ्गालोमा निर्देशक

मङ्गलबार, ०२ असोज २०७५, १७ : २५
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौं – अवार्डको लोभ कुन कलाकारलाई हुँदैन र ? नेपालको हकमा त कलाकार अवार्डका लागि लगानी गर्न समेत तम्सिने गर्दछन् । 

कलाकारले कहिलेकाँही अवार्डको लोभ गर्दा उसले अभिनय गरेको चलचित्र युनिट निकै अप्ठ्यारोमा पर्ने गरेका छन् ।

यस्तै अवस्थाको सामना गर्नुपरेको छ, निर्देशक रेनेशा बान्तवा राइले । 

‘इन्टु मिन्टु लण्डनमा’की निर्देशक रहेकी रेनेशाले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहका कारण अप्ठ्यारोमा परेकी हुन् । 

पूर्वसहमति विपरित साम्राज्ञी अवार्ड थाप्न जापान उडेपछि निर्देशक राई आफै हिरोको अंगालोमा समेत बाँधिनु परेको छ । 

प्रसंग हो – आइतबार राजधानीमा आयोजित तेस्रो सिने सर्कल अवार्ड समारोहको । जसमा निर्देशक रेनेशाले चलचित्र प्रचारका लागि हिरो हिरोइनको एक प्रस्तुति राखेकी थिइन् । तर अवार्ड आयोजना पूर्व नै अभिनेत्री साम्रज्ञी विदेश उडेपछि उनले उक्त प्रस्तुतिका लागि आफै हिरोसँग स्टेजमा उत्रनुपर्यो । 

खबर नै नगरी साम्राज्ञी जापान अवार्डमा उडेकोले आफूलाई निकै अप्ठ्यारो परेको निर्देशक रेनेशाले गुनासो गरिन् । ‘केही दिन अगाडिसम्म साम्राज्ञी कहीँ जाने कुरो थिएन,’ राइले भनिन् ‘तर, अवार्डमा प्रस्तुति दिन हिरो एक्लै भएपछि आफैले साथ दिनुपर्यो ।’ 

साम्राज्ञीले खबर नै नगरी हिँडेपछि धेरै मिडियामा मिलाइएको अन्तवार्ताको समयसमेत क्यान्सल गर्नुपरेको राईले सुनाइन् । भनिन् ‘म आफै कोरियोग्रार र महिला पनि भएकोले सिच्युएसन हेरेर आफै नाचेँ । अरु भएको भए... ।’

अवार्ड समारोहमा रेनेशाले चलचित्रका हिरोसँग धिरज मगरसँग ‘उडायो हावाले...’ गीतमा प्रस्तुति दिएकी थिइन् । 

खासमा उनको ठाउँमा साम्राज्ञी हुनु पर्ने हो तर बाध्यता यस्तो आइपर्यो स्टेजमा उनी नै पुग्नुपर्यो ।

समारोहमा चिन्नेले त रेनेशाले अभिनेत्रीको अनुपस्थितिमा हिरोलाई साथ दिएको बुझे । तर, उनलाई नचिन्ने दर्शक, उपराष्ट्रपति नन्दबहादुर पुन र बलिउड कलाकार गोविन्दाले त रेनेशालाई नै हिरोइन सम्झिएनन् होला त ?
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप