शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिपन्न बिद्यार्थीलाई एक लाखको शैक्षिक सामाग्री र पोशाक प्रदान

मङ्गलबार, ०२ असोज २०७५, १८ : ४८
मङ्गलबार, ०२ असोज २०७५

विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको कानेपोखरीका दुई बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाक प्रदान गरेका छन् । कानेपोखरी–७ आईतवारेको जनकल्याण माध्यमिक बिद्यालय र पच्चिबिगेको शान्तिदेवी आधारभुत बिद्यालयका छात्र छात्रालाई शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको हो ।

बिद्यालयमा आयोजित कार्यक्रममा डा.शर्माले जनकल्याणका ८४ र शान्तिदेवीका ९ गरी जम्मा ९३ जना बिपन्न बिद्यार्थीलाई करिव १ लाख मुल्य वरावरको सामाग्री प्रदान गरेका हुन् । जनकल्याणका सिसु कक्षादेखि कक्षा १० सम्मका बिपन्न बिद्यार्थीलाई सो सामाग्री हस्तान्तरण गरिएको हो ।

शान्तिदेवीमा १ शिक्षिका र ९ जना बिद्यार्थी छन् । सो बिद्यालयका सवै बिद्यार्थीलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाकका साथै शिक्षिकालाईसमेत पोशाक प्रदान गरिएको छ । त्यस्तैगरी डा.शर्माले बिद्यालयलाई प्राथमिक उपचार सामाग्री पनि हस्तान्तरण गरे ।  

सामाग्री हस्तान्तरणपछि बोल्दै डा.शर्माले बिपन्न बिद्यार्थीहरुलाई पढाईका क्रममा थोरै भएपनि राहत पुर्याउँन सहयोग गरेको बताएका छन् । बालबालिकाको दाँतमा धेरै समस्या देखिने गरेको भन्दै डा.शर्माले जनकल्याण बिद्यालयका सवै बिद्यार्थीलाई नोबेल अस्पतालमा लगेर निःशुल्क दाँत परीक्षण गर्ने र सफा गर्ने ब्यवस्था मिलाईदिने बताएका छन् । सो बिद्यालयमा करिव ५ सय जना बिद्यार्थी छन् । 
     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप