बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका चर्चित गायक कुमार सानु काठमाडौंमा

बिहीबार, ०४ असोज २०७५, ०८ : ४८
बिहीबार, ०४ असोज २०७५

काठमाडौं —  बलिउडमा निकै नाम कमाएका गायक कुमार सानु काठमाडौं भित्रिएका छन् । 

बुटवलमा हुने एक सांगीतिक कार्यक्रमका लागि उनी बुधबार साँझ काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरे ।  

शुक्रबार बुटवलको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना हुने एकल कन्सर्टमा उनले गीत गाउने छन् । 

पारामाउन्ट इन्टरटेन्मेन्टले लुम्बिनिमा आयोजना गर्न लागेको कार्यक्रममा गायिका देविका बन्दनाले पनि कुमार सानुका साथ गीत गाउने छिन् । 

यसअघि काठमाडौंमा आयोजना भएको एकल गायन कार्यक्रममा प्रस्तुत भइसकेका गायक कुमार सानुले लुम्बिनीमा पहिलो पटक प्रस्तुत हुन लागेका हुन् । 

कुमार सानुले भारतको प्रख्यात फिल्म फेयर अवार्डदेखि पद्मश्री सम्मको सम्मान पाइसकेका छन् ।

बलिउडका सयौं चलचित्रका हजारौं गीत गाएका गायक कुमार सानुले हिन्दी, नेपाली, बंगालीसहित विभिन्न भाषाका २० हजार भन्दा बढि गीतमा स्वर प्रदान गरिसकेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप