शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कृष्ण तिमल्सेनाद्वारा एनआरएनए यूके अध्यक्षको उम्मेदवारी घोषणा

बिहीबार, ०५ साउन २०७४, १७ : १२
बिहीबार, ०५ साउन २०७४

लन्डन- बेलायतस्थित एक उदयीमान व्यवसायी तथा सामाजिक अभियन्ता कृष्ण तिमल्सेनाले एनआरएनए यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

धेरैको अड्कलबाजी अन्त्य गर्दै उनले बुधबार विभिन्न सञ्चारमाध्यममार्फत उम्मेदवारी दिने घोषणा गरेका हुन् । तिमल्सेनाको घोषणासंगै अब एनआरएनए यूकेको चुनावी मैदानमा अध्यक्षका दावेदार तीन जना पुगेका छन् । हिराधन राईले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने योगकुमार फगामीले यही आइतबार औपचारिक घोषणा गर्ने कार्यक्रम छ । 


हाल यूकेबाट एनआरएनएमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य (आइसीसी मेम्बर) रहेका तिमल्सेना एनआरएनए यूकेमा सदस्य हुंदै उपाध्यक्ष भइसकेका छन् । संघमा विगत ९ वर्षदेखि उनको नेतृत्वदायी भूमिका छ । नेपलिज सेफ एसोसिएसन यूकेका अध्यक्ष समेत रहेका तिमल्सेना निस्वार्थ सामाजिक र च्यारिटी कामका कारण अधिक रुचाइएका व्यक्तित्व हुन् । 


आफ्नो उम्मेदवारी एनआरएन धनीहरुको मात्र क्लब भयो भन्ने जन गुनासो र भ्रम चिर्न केन्द्रित भएको उनले बताए । 


विगत १७ वर्षदेखि बेलायतमा बस्दै आएका उनी समुदायमा अति मिलनसार र सहयोगीका रुपमा चिनिन्छन् । उनले निरन्तर रुपमा आपतविपत परेका नेपालीलाई आर्थिक सहयोग र कयौंलाई रोजगारी दिएका छन् भने जन्मस्थान धादिङ धुवांकोटमा शिक्षाको विकासमा समेत उनको सहयोग छ । सन् २००७ मा शुरु क्रिस फुड लिमिटेडका सञ्चालक तिमल्सेनाको नेपालमा होटल, प्रोपर्टी, हाइड्रो लगायतमा लगानी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप