मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पुँजी बजारमा सामान्य गिरावट

बिहीबार, ०५ साउन २०७४, १७ : २२
बिहीबार, ०५ साउन २०७४

काठमाडौं–नेपालको पुँजी बजारमा बिहीबार पनि सामान्य गिरावट आएको छ । सेयर कारोवारका हिसावले साताको अन्तिम दिन आज बजार १.५२ अंकले घटेको हो । 
एक सय ५५ कम्पनीको १७ लाख ७५ हजार ९ सय ८९ कित्ता सेयर खरिदविक्रि भएको आज ९६ करोड ७ लाख ३८ हजार ४ सय ६ रुपैयाँको कारोवार भएको छ । बजारमा बैंक, होटल, बिकास बैंक र जलविद्युत कम्पनीको सूचक घटेका छन् भने फाइनान्स, बीमा, उत्पादनमुलक र अन्य समूहको सूचक बढेका छन् । 


आज बैकिङ समुहको सूचक ५.४४, होटल समूहको १६.४४, बिकास बैंक समूहको ३.८९ र जलविद्युत समूहको सूचक ११.३१ अंकले घटेको नेपाल स्टक एक्सचन्जले जनाएको छ ।

यस्तै, फाइनान्स समूहको सूचक १.२८, बीमा समूहको सूचक ७७.४, उत्पादनमुलक समूहको सूचक १३.४७ र अन्य समूहको सूचक ०.५८ अंकले बढेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप