मिसेस ग्लोबल बनिन् दुर्गा
बिहीबार, ०४ असोज २०७५, १३ : १८
काठमाडौं – ‘मिसेस ग्लोबल नेपाल २०१८’ को उपाधि दुर्गा पौडेलले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा १६ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।
कलाकार समेत रहेकी दुर्गाले उनले उपाधि सहित विभिन्न गिफ्ट हृयाम्पर पनि प्राप्त गरेकाी छन् । उनले उपाधि बाहेक मस्टकन्पिÞmडेन्सको सबटाईटल पनि प्राप्त गरिन् ।
प्रतियोगीतामा फस्ट रनरअपमा लिलादेवी निरौला र सिसम कार्कीले सेकेन्ड रनरअपको उपाधि हात पारिन् । प्रतियोगीतामा थर्ड रनरअप राधिका रेग्मी घोसित भईन् ।
अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीताको निर्णायकमा अभिनेता प्रकाश अधिकारी, मोडेल रिजन थापा, मिसेस नेपाल सृजना श्रेष्ठ, र गायिका सुनिता सुब्बा प्रधान रहेका थिए ।
विवाहित नारीको अन्र्तनिहित प्रतिभालाई बाहिर ल्याउन प्रतियोगिता आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी