शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आज प्रयोग गर्नुहोस् यी रङ र अंक

शुक्रबार, ०५ असोज २०७५, ०८ : ३३
शुक्रबार, ०५ असोज २०७५

कुन राशि भएका व्याक्तिहरुले आज (२०७५-०६-०५) कस्तो रङ र अंक प्रयोग गर्ने ?

 

मेष  : कर्म भावमा गोचर गर्ने चन्द्रमाले प्रयत्न गर्दा नयाँ काम पाउने तथा नोकरिमा राम्रो स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । व्यापारमा लगानि गर्नको लागि आजको दिन उत्तम रहेकोेछ । प्याजी रङ प्रयोग गर्नुहोला । ॐ सिद्धिविनाएक नम मन्त्रको जप १०८ पल्ट गर्नुहोला ।  १ र ७ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

बृष : धर्म भावमा गोचर गर्ने भन्द्रमाले अध्यात्म तथा धार्मिक क्षेत्रमा सहभागि हुन सकिनेछ । पढाई लेखाईमा नतिजा तपाईको पक्षमा आउनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा समय दिनुहोला । खरानि रङको प्रयोग गर्नुहोला । ॐ दक्षकन्याय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला । २ र ३ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ ।

 

मिथुन : कष्ट भावमा गोचर गर्ने चन्द्रमाले कुनै पनि काम गर्नु पहिले राम्रँे सँग अध्ययन गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग कमै गर्नुहोला । लामो दुरिको यात्राको लागि समय राम्रो रहेकोछ । निलो रङको प्रयोग गर्नुहोला । ॐ कालकालाय नम मन्त्रको जप १०८ पल्ट गर्नाले दिन राम्रो हुनेछ । ३ र ६ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

कर्कट : व्यापार भावमा गोचर गर्ने चन्द्रमाले ट्राभल,पर्यटन तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ भने राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईनेछ । आजको लागि शुभ रंग प्रयोग गर्दे हुनुहुन्छ भने सेतो रंगको प्रयोग गर्नुहोला । आजको लागि शुभ अंक ४ र ७ रहेकोछ भने ॐ वक्रतुण्डाय नम ः मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

 

सिंह : समयले साथ दिने हुदा आज हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा निर्णय हुनेछन् । प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नोकरिमा प्रवेशको योग रहेकोछ । आजको लागि शुभ रंग प्रयोग गर्दे हुनुहुन्छ भने रातो रंगको प्रयोग गर्नुहोला । आजको लागि शुभ अंक २ र ५ रहेकोछ भने ॐ भालचन्द्राय नम ः मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

 

कन्या : पञ्चम भावमा गोचर गर्ने चन्द्रमाले पढाई लेखाईमा अलि बढि मेहनेत गर्दा उत्कृष्ट नतिजा आउनेछ । सम्बन्धित व्याक्तिहरुलाई रिजाएर रोकिएर बसेका कामहरु फत्ते गर्न सकिनेछ । गुरुजन तथा सन्तानको सुझाब आजको लागि फलदायि रहनेछ । आज हरियो रङको प्रयोग गर्नुहोला । आजको लागि शुभ अंक ३ र ६ रहेकोछ भने ॐ चित्तरुपाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने दिन फलदायि रहनेछ । 

 

तुला : चौथो भावमा गोचर गर्ने चन्द्रमाले आमा तथा अग्रजको सल्लाह लिएर अगाढि बढ्नु भयो भने अवश्य पनि गन्तव्य पहिल्याउन सहज हुनेछ । आजको अन्य काम भन्दा पनि कृषि तथा पशुपालन व्यावासय फस्टाएर जानेछ । पारिवारिक मतभेदले कुनै पनि निर्णय गर्न गाह्रो पर्नेछ । सेतो तथा खरानि रङको प्रयोग गर्नुहोला । आजको लागि  शुभ अंक ४ र ७ रहेकोछ भने ॐ सर्वविद्याय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ ।

 

बृश्चिक : पराक्रम भावमा गोचर गर्ने चन्द्रमाले दाजुभाई तथा छिमेकिको सहयोग लिएर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । छोटो यात्रा गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन उत्तम रहेकोछ । न्यायिक निकायबाट आउँने आजको फैसला तपाईको पक्षमा आउनेछ । शुभ रङ हरियो रहेकोछ । ॐ सिद्धिविनाएक नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला । ५ र ९ अंकको प्रयोग गर्नुभयो भने आजको दिन शुभ रहनेछ । 

 

धनु : धन स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापारमा थोरै धन सम्पति प्रयोग गर्दापनि आर्थिक रुपमा सुदृड हुन सक्नुहुनेछ । आफन्त तथा परिवारका साझ रमाईलो वातावरणमा दैनिकी वित्नेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पहेलो रङ प्रयोग गर्नुहोला । ॐ जटाधराय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ भने शुभ अंक १ र ९ रहेकोछ । 

 

मकर : पहिलो भावमा गोचर गर्ने चन्द्रमाले व्यापार लगाएत अन्य क्षेत्रमा गरिएको लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । बिलाशि बस्तुको खरिद तथा बिक्री गर्नु आजको दिन उत्तम रहेकोछ । सामाजिक कामहरु आजको दिन शुरुवात गर्नुहोला । खरानि रङ प्रयोग गर्नुहोला । ॐ नम शिवाय मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ भने २ र ६ अंकको प्रयोगले आजको दिन शुभ रहेकोछ । 

 

कुम्भ : खर्च भावमा गोचर गर्ने चन्द्रमाले विदेशी लगानिबाट सञ्चालित सस्थामा प्रयास गर्दा नोकरि पाईनेछ । विदेशमा उत्पादित सामानको व्यापारमा फस्टाएर जानेछ । कुटनितिको क्षेत्रमा समय दिनेहरुका लागि समयले साथ दिनेछ । निलो रङको प्रयोग गर्नुहोला । ॐ शुपकर्णाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । २ र ५ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

मिन : आए भावमा गोचर गर्ने चन्द्रमाले लामो समयदेखि पुरा गर्न नसकेका कामहरु आज सम्पन्न गर्न सकिनेछ । शिक्षा पेशा तथा सरकारि स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन सम्पति जोड्न सकिनेछ ।  सुन्तला रङ प्रयोग गर्नुहोला । ॐ सहस्रपादय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि रहनेछ ।  ३ र ४ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

ज्योतिषी डिपी भण्डारि 

फोन नं.९८०८३७२०७५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप