बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यात्रुको टिकट फिर्ता, सयौं यात्रु अलपत्रः भन्छन्, देशमा सरकार छ कि छैन ?

शुक्रबार, ०५ असोज २०७५, ०८ : ४६
शुक्रबार, ०५ असोज २०७५

तुलसीपुर - रुकुमको खलङ्गा घर बताउने पीमा बुढा ९ महिनाको बच्चा काखमा र झोला पछाडी बोकेर  बसपार्क पुगिन् । हिजो बेलुकी नै टिकट काटेर ठिक्क परेकी उनी बस चढ्न भन्दै बिहान हतारहतार गर्दै सल्यान रुकुम काउन्टर पुग्ने बेला नम्बर लगाएको गाडि त्यहाँ थिएन । 

गाडी खोइ त ? भनेर उनले काउन्टरमा सोध्दा आज बस चालकले गाडी चलाउँदैन भन्ने जवाफ आयो । रुकुम सिम्लीका लागि विहान ६ बजे छुट्ने भनिएको ना४ख ५१६८ नम्बरको बस चालकले आफू नजाने भनेपछि घर पुग्ने उनको आशा निरासामा परिणत भयो । बालकको उपचारका लागि  १० दिन अघि बुटवल आएकी पीमा भएको पैसा उपचारमा सकिएपछि उनीसँग गाडी भाडा बाहेक पैसा छैन । आर्थिक अभावमा बिस्कुट खाएर रात काटेकी उनलाई बस नचले पछि पीडाले सताएको छ ।

यो उदाहरण मात्रै हो । विहानै गन्तव्यमा जान भन्दै तुलसीपुरको बस पार्कमा आएका सयौं यात्रुहरु बस नचले पछि अलपत्र परेका छन् । ‘यो देशमा सरकार छ कि छैन ?’ – रुकुमको झुलनेटा जान आएका ५१ बर्षका रामबहादुर खत्रीले भने ‘यत्रो जनता सडकमा अलपत्र पर्दा कुनै वास्ता छैन ।’ चालकले सवारी नचलाउने भएपछि ४० जना यात्रुको टिकट फिर्ता गरिएको सल्यान रुकुम काउन्टरका मेघराज केसीले रातोपाटीलाई जानकार िदिए । उनले भने, ‘बिहान साढे ८ बजे सम्मको टिकट काटेका थियौं, मान्छे पनि आइरहेका थिए’ केसीले थपे, ‘ड्राइभरले जान्नौं भनेपछि हामीले टिकट फिर्ता र थप किट बुक गर्न छोड्यौं ।’ 

सवारी मज्दुरहरुले सवारी दुर्घटनामा कडा ऐन ल्याएको भन्दै संशोधन नभए सम्म नचलाउने बताउँदै आएका छन् । यता राप्ती अञ्चल डायल इन्चार्ज प्रकाश भट्टले राप्ती समिति बस चलाउने पक्षमा भए पनि चालकले नचालाउँदा समस्या उत्पन्न भएको बताए । 

-ओपेन्द्र बस्नेत 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप