बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुतली बम र खुकुरीसहित दुई जना पक्राउ

शुक्रबार, ०५ असोज २०७५, ०९ : ०९
शुक्रबार, ०५ असोज २०७५

लहान - प्रहरीले सिरहाको धनगगढीमाई नगरपालिका–२ गड्मे बजारबाट सुतली बम र खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले सुतली ताप्लेजुङ खप्तालुङ–२ निवासी ३५ वर्षीय यम लिम्बू र सिन्धुली हरिपुर–२ निवासी ३५ वर्षीय आकाश राईलाई हतियारसहित बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । 

प्रहरीले शङ्का लागेर झोला जाँच गर्दा ती सामान फेला परेको थापाले बताए । पक्राउ परेका दुवैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप