शिक्षक कामको आधारमा पुरस्कृत र दण्डित
मेलम्ची — सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले शिक्षकलाई कामको आधारमा पुरस्कृत र दण्डित गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष टासी लामाले थाङपालधापमा आयोजित पञ्चवर्षीय शैक्षिक कार्ययोजना प्रस्तुत कार्यक्रममा शिक्षण पेशामा इमान्दार नहुने शिक्षकलाई कारबाही गरिने र शिक्षकहरुका बीचको विभेद अन्त्य गर्दै सबैलाई समान व्यवहार गरिने जानकारी दिए ।
सरकारले स्थायी शिक्षकलाई मात्र पोशाक सुबिधा दिँदा अस्थायी, करार र ज्यालादारीका शिक्षकमा हीनतावोध भएको र यसबाट विद्यार्थीको सिकाइ उपलब्धिमा प्रत्यक्ष असर परेकाले सबैलाई समान व्यवहार गरिनेमा उनले जोड दिए ।
गाउँपालिकालाई कृषि र पर्यटनको गन्तव्य बनाइने लक्ष लिइएकाले सबै विद्यालयमा पर्यटन र कृषि शिक्षालाई अनिवार्य लागू गराउन पनि उनले सुझाव दिए ।
कमिटेड नेपाल काठमाडौँको सहकार्यमा विभिन्न वडाका शिक्षा समितिसँग छलफल गरी उक्त कार्ययोजनालाई हिजो प्रस्तुत गरिएको थियोे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ