शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘पोल्ट्री किङ्ग’ कै फर्म वातावरणीय प्रभाव मूल्याङ्कन बिना सञ्चालन

शुक्रबार, ०५ असोज २०७५, ०९ : ४२
शुक्रबार, ०५ असोज २०७५

चितवन । चितवनका पोल्ट्री व्यवसायी गुणचन्द्र विष्टले आफ्नो पोल्ट्री व्यवसायका कारण स्थानीयले दुःख पाएको कुरा स्वीकार गरेका छन् ।

भरतपुर माहानगरपालिका वडा नंं १८ गाँजिपुरमा रहेको अविनाश पोल्ट्री फार्म प्रा.लि.ले फार्मबाट निस्केको फोहरको उचित व्यवस्थापन नगरी उनले दिएको कुरा स्वीकार गरेका हुन् ।

२०७२ साल देखि फोहरको उचित व्यवस्थापन नगर्दा दुर्गन्ध फैलेको भन्दै स्थानीय बासिन्दाहरु आक्रोसित भएपछि जनताका गुनासो सामाधन गर्न पुगेका भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र प्रमुख

जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी प्रमुख सुशिलसिहं राठौरकै अगाडी आम जनसमुदाय समक्ष उनले माफी माग्दै उचित व्यवस्थापन नभए फर्म सञ्चालन नगर्न समेत प्रतिबद्धता जनाए ।

फार्मबाट निस्कने फोहोरले चार किलोमिटरसम्म दुर्गन्ध फैलिँदासमेत फार्मले स्थानीयको समस्या प्रति मौन रहेको स्थानीयहरुको आरोप छ ।

स्थानीयले पटकपटक फोहोर व्यवस्थापन गरेर वातावरण प्रदूषण कम गराउन आग्रह गर्दा पनि सुनुवाई भएको थिएन । 

पोल्ट्री फर्म वातावरणीय प्रभाव मूल्याकङ्न नै नगरी अवैधानिक तवर सञ्चालन गर्दै आएको खुलेको छ ।

जसले गर्दा यो क्षेत्रको मात्र नभई नारायणी नदीको जलचरमा समेत असर परेको हुन सक्ने संरक्षणकर्मीहरु भनाई छ ।

वडाअध्यक्षहरुसहितको टोली समक्ष आक्रोसित स्थानीय बासिन्दाहरुले पोल्ट्री फर्मको विरुद्धमा नाराबाजी गरेका थिए । अनुगमन टोली समक्ष आफूहरुको स्वास्थ जोखिममा परेको र पटक पटक आवाज उठाउँदा पनि अटेर गरेको बताउदै आफ्ना बाल बच्चाहरुको स्वास्थ थप जोखिममा रहेको उनीहरुले बताए ।

स्थानीयहरुको गुनासोको आधारमा आफुहरु पुग्दा जनताले भनेर अनुसार फोहर व्यवस्थापनमा भने फर्म चुकेको पाइएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए । उनले फोहर व्यवस्थापन समय

सीमाभित्र नै नगरे फार्म बन्द गर्ने घोषणा गरेका थिए । साथै उनले मानवीय क्षेत्रमा गरिने लार्पवाही अब सहन नसकिने चेतावनी समेत दिए ।

अविनाश फार्मबाट निस्किएको दुर्गन्धले मानव वस्ती नै हटनु पर्ने स्थिति आउनु दुःखद बताउँदै मेयर रेनु दाहालले फार्मले महानगर समक्ष गरेको लिखित सहमति बमोजिम ६ महिना भित्रमा फोहरमैलाको उचित व्यवस्थापन नगरे उत्पादन बन्द गर्ने अवस्था आउन सक्ने बताइन् ।

फार्मले यसरी स्थानिय बासिन्दाहरुको जिवनसँग खेलवाड गर्न नहुने बताउँदै वातावरणका सूचकहरु प्रति सजग हुनुपर्ने मेयर दाहालको जोड थियो ।

नारायणी तट गाँजिपुरमा करीब ७ वर्ष अगाडी सञ्चालनमा आएको यस फार्मबाट बिर्सजन हुने सुलीको उचित व्यवस्थापन नभएको पाइएको छ ।

सो कुखुराको सुलीको गन्ध वडा नं। १७, १८ र २६ का ४ किलोमिटरसम्म दुर्गन्ध फैलेको र गाजीपुर, सिम्री टाउन, भुवनवस्ती क्षेत्रका बासिन्दाहरु अति नै प्रभावित भएको स्थानिय बासिन्दा अम्मरबहादुर तामाङ्गले बताए ।

फार्मबाट निस्केको सुली, मरेका कुखुराको गन्ध र रसानले वरपरका खेतबारीमा बाली लगाउन समेत नपाएको उनले दुखेसो थियो ।

‘कुखुराको सुलीको गन्धले साझ बिहान खाना खान समेत समस्या भएको छ,’ इद्रन्द्र बहादुर गुरुङ्गले भने, ‘यहाँ बालबालिकाहरुमा रुघाखोकी, ज्वरो आइरहने समस्याले दिक्क बनाएको छ ।’

फर्मका सञ्चालक गुणचन्द्र विष्ट पोल्ट्री महासंघका अध्यक्ष समेत हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप