शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुकेश अम्बानीकी छोरीको आज इन्गेजमेन्ट, तीनदिनसम्म इटालीमा चल्नेछ यस्तो उत्सव

शुक्रबार, ०५ असोज २०७५, ११ : ३६
शुक्रबार, ०५ असोज २०७५

मुकेश अम्बानीकी छोरी इशा अम्बानीको आनन्द पिरामलसँग आज इटालीमा इन्गेजमेन्ट हुँदैछ । यसका लागि अम्बानी परिवारले निकै भव्य तयारी गरेको छ । इन्गेजमेन्टको कार्यक्रम इटालीको लेक कोमोमा शुक्रबारदेखि सुरु हुँदैछ जुन २३ सेप्टेम्बरसम्म चल्नेछ ।

यसअघि यसै वर्ष आनन्द पिरामलले ईशा अम्बानीलाई महाराष्ट्रको महाबलेश्वरमा प्रपोज गरेका थिए । गत मे मा एक नीजि समारोहमा दुबै परिवारको उपस्थितीमा उत्सव पनि मनाएको थियो ।

यी दुईको इन्गेजमेन्टको तालिका यस्तो छः

कहिले हुनेछ इन्गेजमेन्टः

ईशा अम्बानी र आनन्द पिरामिलको इन्गेजमेन्ट तीन दिनसम्म चल्नेछ । यो शुक्रबारदेखि सुरु भएर आइतबार २३ सेप्टेम्बरमा एक शानदार फेयरवेल लञ्चसहित समाप्त हुन्छ ।

२. कहाँ हुनेछ इन्गेजमेन्टः

मुकेश र निता अम्बानीकी छोरीको इन्गेजमेन्टको उत्सव इटलीको लेक कोमोमा हुनेछ । यो स्थान हलिउड सेलिब्रिटीको निकै रुचाइएको स्थान हो । तीन दिनसम्म यहाँ विभिन्न कार्यक्रम आयोजना हुनेछन् । यसमा लञ्च, डिनरदेखि नृत्यका विभिन्न कार्यक्रम समावेश छन् ।

३. तीन दिनसम्म कस्तो छ तालिकाः

२१ सेप्टेम्बरः

अम्बानी परिवारले उत्कृष्ट होटलमा पाहुनाको स्वागत गर्नेछन् । बेलुका पाँच बजे लेक कोमोको भिल्ला बाल्बियानोमा पाहुनाका लागि डिनरको प्रबन्ध मिलाएका छन् ।

२२ सेप्टेम्बरः

इटालीमा इन्गेजमेन्टको दोस्रो दिन शनिबार बेलुका सबै पाहुना भिल्ला ओल्मोमा डिनर र डान्सका लागि पुग्नेछन् ।

२३ सेप्टेम्बरः

आइतबार डुओमो डि कोमो र टियाट्रो सोसियल कोमोविलमा पाहुनाका लागि लञ्चको व्यवस्था हुनेछ ।

४. कस्तो ड्रेस कोड ?

इन्गेजमेन्टको समारोहमा आउने पाहुनाले तीन दिनसम्म ड्रेस कोड फलो गर्नुपर्ने हुन्छ ।

२१ सेप्टेम्बरः पाहुनाले पहिलो दिन लञ्चको मौकामा क्याजुअल ड्रेसअप फलो गर्नुपर्ने हुन्छ । बेलुका डिनरको मौकामा कालो टाई लगाउनुपर्ने छ । ब्लाक टाइको मतलब हो – कालो कोट, पाइन्टका साथै सेतो शर्ट र कालो टाई वा बो लगाउनु पर्नेछ ।

२२ सेप्टेम्बर, शनिबारको दिन इटालियन फियस्टामा पाहुनाले कोमो चिक लुक फलो गर्नुपर्ने हुन्छ । डिनरका लागि बेलुका पाहुना ककटेल अटायरमा आउनेछन् ।

२३ सेप्टेम्बर, आइतबार हुने फेयरवेल लञ्चमा पाहुनाले स्मार्ट क्याजुअल ड्रेस कोड फलो गर्नुपर्ने हुन्छ ।

को हुन आनन्दा पिरामल ?

आनन्द हार्वर्ड बिजनेस स्कूलका ग्रेजुएट हुन् । अहिले उनी पिरामल इन्टरप्राइजका एक्जिक्युटिभ निर्देशक हुन् । बिजेनस स्कूलबाट पास भएपछि उनले दुई स्टार्टअप्स सुरु गरेका थिए । पहिलो हेल्थकेयर स्टार्टअप थियो जसमा नाम पिरामल ई–स्वास्थ्य थियो । उनको दोस्रो स्टार्ट अप रिएल इस्टेटको थियो जसका नाम पिरामल रियालिटी थियो । अब दुबै पिरामल इन्टरप्राइजको हिस्सा हो ।

यता इशा रिलायन्स जियो र रिलायन्स रिटेलको बोर्डमा समावेश छिन् । उनले येल युनिभर्सिटीबाट साइकोलोजी र साउथ एशियन स्टडीजमा ब्याचलर डिग्री हाँसिल गरेकी छिन् । उनले ग्रेजुएट स्कूल अफ बिजनेस, स्टेनफोर्डबाट बिजनेस एडमिनिस्ट्रेशन प्रोग्राममा मास्टर्स गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप