शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शनिबारदेखि झापामा टि–२० क्रिकेट प्रतियोगिता सुरु हुँदै

शुक्रबार, ०५ असोज २०७५, १२ : ५७
शुक्रबार, ०५ असोज २०७५

भद्रपुर– कनकाई नगरपालिकास्थित कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा शनिबारदेखि राष्ट्रियस्तरको खुल्ला नकआउट टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । 

यही असोज १२ गतेसम्म हुने उक्त प्रतियोगितामा मकवानपुर क्रिकेट एकेडेमी, युथ क्रिकेट एकेडेमी, उदयपुर क्रिकेट एकेडेमी, खुकुरी क्रिकेट एकेडेमी, ह्वाइट वास क्रिकेट क्लब, लाली गुराँस क्रिकेट एकेडेमी र युनाइटेड क्रिकेट एकेडेमीको सहभागिता रहने संयोजक प्रदीप गजमेरले जानकारी दिए । 

कनकाई सचेत युवा क्लब र ह्वाईट वास क्रिकेट क्लब कनकाईको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको विजेतालाई रु ५१ हजार तथा उपविजेतालाई रु ३१ हजार पुरस्कार प्रदान गरिनेछ । विजेताका लागि टिभिएस र उपविजेतालाई अम्विका गौरी ओली प्रतिष्ठानले पुरस्कार प्रायोजन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप