शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई मुटु जोड्नका लागि लञ्च भयो ‘फेसबुक डेटिङ एप’, कसरी प्रयोग गर्ने ?

शुक्रबार, ०५ असोज २०७५, १३ : १३
शुक्रबार, ०५ असोज २०७५

संसारको सबैभन्दा ठूलो सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो फेसबुक डेटिङ एप लञ्च गरेको छ । सबैभन्दा पहिले यसलाई कोलम्बियामा टेस्टिङका लागि सार्वजनिक गरिएको छ ।

फेसबुकले गत मे मा भएको आफ्नो वार्षीक एफएट सफ्टवेयर डेभलपर कन्फरेन्समा अनलाइन डेटिङ मार्केटमा प्रवेश गर्ने घोषणा गरेको थियो । उक्त कार्यक्रममा डेटिङ प्लेटफर्म फेसबुक भित्र नै हुने बताइएको थियो जसका कारण मानिसहरुले फेसबुकमा जसको अकाउन्ट हुनेछ उनीहरुको डेटिङ अकाउन्ट आफसे आफ बन्ने सोचेका थिए । तर यस्तो हुँदैन । फेसबुक डेटिङका लागि अर्को भिन्न प्रोफाइल बनाउनु पर्नेछ जुन तपाईंको पर्सनल प्रोफाइलभन्दा पूर्ण रुपमा भिन्न हुनेछ ।

टेकक्रन्चका अनुसार १८ वर्षभन्दा बढी उमेर भएकाहरुले मात्र फेसबुकको डेटिङ फिचरको प्रयोग गर्न सक्छन् र अहिलेका लागि यो मोबाइलमा मात्र उपलब्ध छ । आउनुहोस्, यसका केही विशेषताबारे जानकारी लिऔंः

१. भिन्न हुनेछ तपाईंको डेटिङ प्रोफाइलः

तपाईंको डेटिङ प्रोफइल तपाईंको फेसबुक न्यूज फिडभन्दा भिन्न हुनेछ ।

२. तपाईं प्राइभेसी सेटिङ पनि प्रयोग गर्न सक्नुहुन्छः

प्रोफाइलमा तपाईंको नाम र उमेरमात्र प्रयोग गरिनेछ । तपाईंले चाहेको खण्डमा तपाईंल आफ्नो उचाई, धर्म, पद आदि खुलाउन सक्नुहुन्छ । तपाईं आफ्नो पर्सनालिटीसँग जोडिएका प्रश्नको जवाफ पनि दिन सक्नुहुन्छ जस्तै What does your perfect day look like? आदि ।  साथै तपाईंले आइओएसका लागि ९ र एन्ड्रोइडका लागि १२ फोटो वा डेटिङको प्रश्नको जवाफ दिन सक्नुहुन्छ जसले तपाईंलाई कुराकानी सुरु गर्न सहयोग गर्नेछ । जोडीका लागि सय किलोमिटरसम्मको दुरी सेट गर्न सक्नुहुन्छ । यसबाहेक दुरी, उमेर, उचाई, धर्मलाई फिल्टर्सको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

३. हुने छैन कुनै स्विपिङ फिचरः

तपाईंले प्रोफाइल बनाएपछि फेसबुक डेटिङ एक अल्गोरिदमको प्रयोग गरेर तपाईंलाई जोडी खोज्ने काम गर्छ । यसको अर्थ यो हो कि अन्य डेटिङ एप्सजस्तो तपाईंले कुनै स्वाइप गर्नु पर्दैन । फेसबुकले तपाईंलाई सजेशन दिनेछ जसमा तपाईंले छान्न सक्नुहुन्छ । तपाईंलाई मन पराउनका लागि कसैको प्रतिक्षा गर्नुपर्दैन र त्यसपछि तपाईंले मेसेज पनि गर्नुपर्दैन । त्यसको साटो तपाईंको मेसेज उनीहरुको ‘इन्ट्रेस्टेड’ ट्याबमा जानेछ र यदि उनीहरुले दोस्रो पटक मेसेज पठाउँछन् भने त्यो तपाईंको ‘कन्भर्सेशन’ ट्याबमा जानेछ । फेसबुक डेटिङमा जब तपाईंको कुनै डेटिङ प्रोफाइलमा गएर ‘इन्ट्रेस्टेड’ मा क्लिक गर्नुहुन्छ भने तपाईं कुराकानी सुरु गर्नका लागि केही मेसेज लेख्नुहुन्छ । त्यसपछि ती व्यक्तिले तपाईंको मेसेज हेर्नेछ र तपाईंको ‘इन्ट्रेस्टेड’ एरियामा रिप्लाई गर्नेछ । यदि उसले तपाईंलाई रिप्लाई गर्छ भने कुराकानी अघि बढ्छ ।

४. छुट्टै इन्बक्सः

यसको मेसेजका लागि तपाईंले भिन्न इन्बक्स पाउनुहुनेछ जसले तपाईं आफ्नो डेटिङ र पर्सनल मेसेजलाई अलग गर्न सक्नुहुन्छ ।

५. टेकक्रन्चका अनुसार यो एपमा तपाईंले मानिसहरुको वास्तविक उमेर र स्थान पत्ता लाग्ने भएकाले तपाईंले कसैलाई झुटो बोल्न पाउँदैन ।

६. यसमा तपाईंले आफ्नो रुची अनुसार नै जोडी पाउनुहुनेछ । जब तपाईं आफ्ना लागि सुझाएका जोडी हेर्नुहुन्छ भने धेरैजसो जोडी तपाईंको रुची अनुसार नै हुनेछ ।

७. यसमा तपाईंले कसलाई आफ्नो प्रोफाइल देखाउने र कसलाई नदेखाउने भन्ने तय गर्न सक्नुहुन्छ । तपाईंको फेसबुक फ्रेन्ड र जसले तपाईंलाई ब्लक गरेको छ उनीहरुको डेटिङ प्रोफाइल तपाईंले हेर्न सक्नुहुन्छ ।

८. प्राइभेसी पनि सेट गर्न सक्नुहुन्छ – यदि तपाईंलाई कोहीसँग असहज महसुस हुन्छ भने तपाईं उनीहरुलाई ब्लकसमेत गर्न सक्नुहुन्छ । यो बाहेक तपाईं आफ्नो साथी र साथीको साथीलाई जोड्न वा हाइड गर्न सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप