शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कथाले मागे खोल्न तयार छु– रक्षा

शुक्रबार, ०५ असोज २०७५, १३ : १८
शुक्रबार, ०५ असोज २०७५

नेपाली चलचित्र क्षेत्रमा भविश्य खोज्दै भित्रिने युवा युवतीको जमात बढ्दो छ । तीमध्येकी एक हुन्  रक्षा पाण्डे । रक्षा भर्खरै चलचित्र क्षेत्र प्रवेश गरेकी अभिनेत्री हुन् । सिम्पल लिभिङ हाई थिङ्किङमा विश्वास गर्ने उनी २०७० मा ‘अन्तिम भेट’ बोलको गीतमाथि बनेको म्युजिक भिडियोबाट अभिनय सुरु गरेकी हुन् ।  त्यसपछि केही भिडियो अभिनय गरेकी उनले गतवर्ष निर्माण भएको चलचित्र ‘वास्तुशास्त्र’ चलचित्र डेब्यु गरिन् । जुन चलचित्र प्रदर्शनको पर्खाइमा रहेको छ । हालै ‘मधुमालती’ चलचित्रका लागि हिरोइनको छनौटमा परेकी उनी राम्री भएर हिँड्न, आकर्षक पहिरन लगाउन, गीत सुन्न र नृत्य गर्न रुचाउँछिन् । ५ फिट २ इन्च उचाइ, आकर्षक र लोभ लाग्दो जिउडालकी नवअभिनेत्री रक्षा पाण्डेलाई रातोपाटीका दस प्रश्न ।

नवअभिनेत्रीलाई चलचित्र पाउन कति सजिलो छ ?
– धेरै सजिलो पनि छैन । गाह्रो होइन । अभिनय क्षमता छ भने सजिलै पाउन सकिन्छ । एकपछि अर्काे चलचित्र पाउन पहिले गरेको काम राम्रो हुनुपर्छ ।

निर्माता निर्देशकले नवनायिकालाई हेर्ने दृष्टिकोण खराब हुन्छ भनिन्छ, हो ?
– भर्खर एक चलचित्र सकेर अर्काेमा पाइला राखेको मैले यो क्षेत्रका सबैलाई चिनेकी छैन । आफूले काम गरेको चलचित्रका निर्माता निर्देशक त त्यस्तो देखिनँ । सबै निर्माता निर्देशकसँग सङ्गत नभएकाले के हो भन्न सक्दिनँ ।

चर्चाका लागि अभिनेत्री हदैसम्मको ग्ल्यामर दिन पनि तयार हुन्छन् । तपाईं के गर्नुहुन्छ ?
– यो गलत हो । अभिनेत्रीले आफूलाई ओपन चर्चाका लागि होइन । कथाका लागि गर्नुपर्छ । यदि कथाले मागेको छ, आफूले खोल्दा चलचित्रप्रति न्याय हुन्छ भने म पनि आफूलाई खोल्न तयार छु । तर चर्चा र लहैलहैमा होइन । 

आफ्नो सौन्दर्यमा कति ध्यान दिनुहुन्छ ?
– महिला भएपछि आफ्नो सौन्दर्यमा ध्यान दिनु पर्छ नै । यो मामलामा म पनि सजक छु । सन्क्रिम, आई मेकअप, लिपस्टिक प्रायः छुटाउँदिन म । मेरो विशेष ध्यान आई मेकअपमा रहन्छ । मानिसको पहिलो नजर आँखामा जान्छ भन्छन् ।  त्यसैले पनि ।

आफूलाई फिट राख्ने तरिका के ?
– म सधैँ मर्निङ वाक जान्छु । हल्का जिम पनि जाने गरेकी छु । एक्सरसाइले आफूलाई फिट राख्न सकिन्छ । 

मनपर्ने फेसन ?
– धेरै मनपर्ने वान पिस हो । प्रयोग पनि बढी वान पिस नै गर्ने गरेकी छु । धेरैले मलाई वासपिसमा राम्रो देखिन्छेस् । सेक्सी देखिन्छेस भन्ने गरेका छन् । म पनि यी कुरामा सहमत छु । 

अभिनय किन रोज्नुभयो ? 
– राम्रो अभिनेत्री बन्ने मेरो बच्चादेखिकै सपना हो । अभिनयबाट नाम कमाउने, चर्चित हुने र देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रसम्म चिनाउने उद्देश्य बोकेकी छु । 

अभिनयको पहिलो आम्दानी कति थियो र के गर्नुभयो ?
– म्युजिक भिडियोबाट पहिलो पारिश्रमिक बुझेकी थिए । कति थियो, त्यो अहिले याद भएन । पहिलो आम्दानीले मैले आफ्ना लागि मेकअपको सामग्री किने । महिलाको धेरै खर्च हुने भनेको मेकअप र ड्रेसअपमा हो ।

घुम्न कति मनपर्छ ?
– एकदमै मनपर्छ । डाँडाकाँडा, प्राकृतिक सौन्दर्यले भरिपूर्ण, सुनसान खोलानाला मनपर्छ ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
– अहिलेका हिट हिरो प्रदीप खड्कासँग जान चाहन्छु । उहाँ पनि राम्रो लाग्छ । उहाँको अभिनय पनि राम्रो लाग्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप