शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तेलका ट्याङ्करहरुको साँचो खोसिने, सुरक्षाकर्मीले काठमाडौं ल्याउने

शुक्रबार, ०५ असोज २०७५, १३ : ५५
शुक्रबार, ०५ असोज २०७५

काठमाडौँ । पेट्रोलियम पदार्थ ढुवानीमा हड्तालका कारण ठप्प रहेका तेलका ट्याङ्करहरु सुरक्षा निकायका चालकले ल्याउने भएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार सुरक्षा निकायका चालकहरुलाई हवाई जहाजबाट पठाएर तेलका ट्याङ्करहरु काठमाडौँ ल्याउने भएको हो । 

प्लेन चार्टर गरेर भए पनि सुरक्षा निकायका क़रीब ६० चालकहरुलाइ देशका विभिन्न डिपोहरूमा पठाउन लागिएको मन्त्रालयले जनाएको छ ।

सुरक्षा निकायका चालकलाई भैरहवा र सिमरा आजै पठाइरहेको छ । 

हड्तालमा उत्रिएका चालकहरुबाट साँचो लिएर ट्याङ्कर काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ । 

पेट्रोल पम्पमा लाइन, आयल निगम भन्छ – ‘नअत्तालिनुहोस्, अझै ६ दिनलाई पुग्ने स्टक छ’

गत मंगलबारदेखि सार्वजनिक यातायातका चालकहरुले नयाँ मुलुकी संहितामा तोकिएका कतिपय सजायसँग सम्बन्धित व्यवस्थाको विरोध गर्दै गाडी नचलाउनुका साथै चलाउनेलाई समेत कारवाही गर्ने धम्की दिएपछि ट्याङ्कर चालकहरुले पनि ढुवानी गरेका छैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप