केवल र रियाको प्रेमकथामा ‘मेरो आफ्नो’ बन्ने
शुक्रबार, ०५ असोज २०७५, १४ : ४१
काठमाडौं – ‘मेरो आफ्नो’ नामबाट पनि चलचित्र बन्ने भएको छ । ओमसाईभक्त मुभिजको ब्यानरमा श्रीराम बरालको प्रस्तुति यो चलचित्र बन्न लागेको हो । चलचित्रको शुक्रबार बिहान राजधानीको भद्रकाली मन्दिरमा पुजा गरेर शुभसाइत गरिएको छ । बसन्त शर्मा, मात्रिका बजिमयले निर्माण गर्न लागेको चलचित्र राजु अधिकारीले निर्देशन गर्न लागेका हुन् ।
आइतबार अर्थात ७ असोजबाट छायाँकन सुरु हुने चलचित्र चितवन र मनाङ्गमा खिचिनेछ । चलचित्रमा रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुजाता थापा, सुन्दर श्रेष्ठ र बाल कलाकारमा अरुण कलिराजको साथमा केवल जंग कुँवरको समेत अभिनय रहनेछ । कुँवरले यसै चलचित्रबाट हिरोको रुपमा डेब्यु गर्न लागेका हुन् । मौनता श्रेष्ठको लेखन, हिमाल केसीको एक्सन र पवन गौतमको छायाँकन चलचित्रमा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ औँ पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयो: उपप्रधानमन्त्री यादव
-
शिव र मनिलालाई छिन्नलता पुरस्कार
-
शिक्षा मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण
-
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो