बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राज्य व्यवस्था समितिको सभापतिमा शशी श्रेष्ठ निर्वाचित

शुक्रबार, ०५ असोज २०७५, १५ : २३
शुक्रबार, ०५ असोज २०७५

काठमाडौं– प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा शशी श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छन् ।  समितिको शुक्रबार बसेको बैठकले सभापतिमा श्रेष्ठलाई निर्विरोध चयन गरेको हो ।

एक जना मात्रै उम्मेदवारी परेकाले श्रेष्ठलाई सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिकी जेष्ठ सदस्य मीना पाण्डेले जानकारी दिइन् ।

यसैबीच, नवनिर्वाचित सभापति श्रेष्ठले देश र जनतालाई शीरमा राखेर कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन ।

उनले समितिलाई एक ढिक्का बनाएर अघि बढने पनि बताइन् । जनताको प्रतिनिधि भएकाले उनीहरुको अपेक्षा अनुसार काम गर्न चटानी दृढताका साथ अघि बढने नवनिर्वाचित सभापति श्रेष्ठको भनाई छ ।

राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति श्रेष्ठ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप