शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वनमन्त्री बस्नेत रुष्ट: साढे २ महिनामा मन्त्रालयका ५३ कर्मचारी विदेश सयरमा (विवरणसहित)

शुक्रबार, ०५ असोज २०७५, १९ : ०५
शुक्रबार, ०५ असोज २०७५

काठमाडौं । सरकारले सुशासन र समृद्धिको नारा दिइरहेका बेला एउटै मन्त्रालयका ५३ कर्मचारी दाताको खर्चमा विदेश भ्रमणमा गएका छन् । साढे २ महिना अवधीमा वन तथा वातावरण मन्त्रालयका ५३ कर्मचारी विदेश भ्रमणमा गएपछि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत रुष्ट बनेका छन् । मन्त्रालय स्रोतका अनुसार कार्यालयमा काम गर्ने भन्दा पनि दाताको खर्चमा विदेश भ्रमणमा जाने कर्मचारी धेरै भएपछि मन्त्री बस्नेत असन्तुष्ट बनेका हुन् । 

गएको असार २१ देखि असोज ५ गतेसम्म झन्डै साढे २ महिनामा मन्त्रालयका ५३ कर्मचारी भ्रमणका लागि विभिन्न देशमा पुगका छन् । यसरी विदेश घुम्नेमा मन्त्रालयका सचिव, विभागका प्रमुखदेखि सहायक अधिकृतस्तरका कर्मचारीसम्म छन् । 

वन मन्त्रालयका सचिव डा.विश्वनाथ ओली भदौ १९ गते ५ दिने भ्रमणका लागि थाइल्याण्ड गएका थिए । यस्तै सहसचिव डा.रामप्रसाद लम्साल भदौ १५ देखि १० दिने भ्रमणका लागि थाइल्याण्ड गएका थिए । उनीहरु यूएनसीसीएस दातृनिकायको कार्यक्रममा गएका हुन् ।  

यस्तै मन्त्रालयका मौसमविद रामप्रसाद अवस्थी ४ दिने चीन भ्रमण, सहसचिव चन्द्रमान डंगोल ७ दिने भूटान, सहसचिव धनन्जय पौडेल र चन्द्रमान श्रेष्ठसहित १० जना कर्मचारीको टोली भदौ १७ देखि २२ गतेसम्म फ्रान्स र इटलीको भ्रमणका लागि गएका थिए । उनीहरु जिआइजेड संस्थाको प्रायोजनमा भ्रमणमा गएका हुन् । 

उनीहरु जस्तै ५३ जना कर्मचारी विभिन संस्थाको प्रयोजनमा विभिन्न मुलुक पुगेका छन् । यसरी मन्त्रालय र सो मातहतका निकायका कर्मचारीलाई विदेश भम्रणमा लैजाने यूएनडिपी, डब्ल्युडब्लूएफ, एपक्याप, जाइका, जीआईजेड लगायतका दातृ निकाय छन् । 

कर्मचारीहरु, अमेरिका, यूरोपका विभिन्न देशहरु, चीन, भारत, श्रीलंका, थाइल्याण्ड, दुबईदेखि कम्बोडिया लगायतका देशसम्म पुगेका छन् । उनीहरु कम्तीमा १ दिने भ्रमण अवधीदेखि २० दिने अवधीको भ्रमणका लागि ती देशहरुमा पुगेका हुन् । 

दातृनिकायको प्रायोजनमा ठूलो संख्यामा मन्त्रालयका कर्मचारी विदेश भ्रमणमा जाँदा मन्त्रालयको काम कारवाहीमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा जिज्ञासा राख्न खोज्दा मन्त्रालयका सचिव डा. विश्वनाथ थोगीसँग सम्पर्क हुन सकेन । 

यता नाम नबताउने सर्तमा मन्त्रालयका एक कर्मचारीले दाताको प्रयोजनमा मन्त्रालयका कर्मचारी विदेश जाने प्रवृतिका कारण मन्त्रालयको कामकाज प्रभावित भएको रातोपाटीलाई बताए । 

यस्तो छ साढे २ महिना अवधीमा दाताको प्रायोजनमा विदेश भ्रमणमा जाने कर्मचारीको विवरण :-


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप