बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मला हत्याको विरोधमा वसन्तपुरमा कविता वाचन (हेर्नुहोस् १० तस्बिरमा)

शुक्रबार, ०५ असोज २०७५, २० : ०८
शुक्रबार, ०५ असोज २०७५

काठमाडौं । शुक्रबार पनि काठमाडौंमा बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरिएको छ । 

बालिका पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै शुक्रबार दिउँसो काठमाडौंको वसन्तपुरमा सरकारविरुद्ध ¥यालीसहितको प्रर्दशन गरिएको हो । 

विरोध प्रर्दशनमा महिला तथा बालिकामाथि हुने हत्या, हिंसा र बलात्कारको घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गर्नुको साथै सडकमा कविता वाचन समेत गरिएको थियो । 

प्रर्दशनकारीहरुले हत्या, हिंसा र बलात्कारको घटनाका कारण जनता शोकमा परेका बेला पनि जोकसहितको भाषण गर्ने गरेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई व्यंग्य गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप