शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न सरकार प्रतिबद्धः मन्त्री ढुंगेल

शुक्रबार, ०५ असोज २०७५, २० : ३०
शुक्रबार, ०५ असोज २०७५

रामेछाप । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ नागीमा आज आयोजित आवास पुनःनिर्माण हस्तान्तरण कार्यक्रममा उनले दिगो विकासको लक्ष्य पूरा गर्न प्रशस्त बजेटको व्यवस्था गरिएको जानकारी दिए । मन्त्री ढुङ्गेलले प्रदेश नं ३ मा कृषिलाई प्राथमिकता दिई सोही अनुरुप बजेट विनियोजन गरिएको बताए । 

एक फरक प्रसङ्गमा उनले लिखु ३ र ४ जलविद्युत् आयोजना छिट्टै सञ्चालनमा ल्याएर उज्यालो नेपाल अभियानमा सहभागी हुनुपर्ने बताउँदै विद्युत्को प्रचुर सम्भावना बोकेको नेपालले विद्युत् उत्पादन गरी युरोपलाई बेचेर धनी बन्न सक्नेछ भने । 

सामुदायिक विकास समाजसँगको साझेदारीमा गैरसरकारी संस्था मिडियरले लिखु तामाकोशी गाउँपालिका–३ र ४ मा एक हजार २६ भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको हो भने २०४ घर निर्माणाधीन छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप