शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चितुवाको छालासहित बौद्धबाट तीन जना पक्राउ

शुक्रबार, ०५ असोज २०७५, २० : ३३
शुक्रबार, ०५ असोज २०७५

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैधरुपमा वन्यजन्तुको छाला (आखेटोपहा) सहित तीनलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

पक्राउपर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाका शेलबहादुर तामाङ, धादिङ बेनीघाट रोराङ गाउँपालिकाका बुद्धिमान तामाङ र कास्की पोखरा लेखनाथ महानगरपालिका शालिकराम सुवेदी रहेको ब्यूरोका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । 

उनीहरुलाई काठमाडौं महानगरपालिका बौद्ध सिद्धार्थमार्गबाट छाला सहित पक्राउ गरिएको हो । 

पक्राउ परेका तीनै जनाविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धि, १९७५ अनुसार मुद्दा चलाइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप