शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्लाहीमा सर्पको डसाइबाट दुई भारतीय नागरिकको मृत्यु

शुक्रबार, ०५ असोज २०७५, २० : ४४
शुक्रबार, ०५ असोज २०७५

सर्लाही । विषालु सर्पको डसाइबाट दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भारत सीतामढी जिल्लास्थित बथुवाराका १३ वर्षीया बेवी कुमारी र रेहुवाका ४० वर्षीया मोहनी देवी रहेका छन । गोहमन सर्पको डसाइबाट गम्भीर घाइते भएका दुबै जनाको सर्लाही अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

धाँमीझाँक्री कहाँ लगेर झारफुक गराएकाले समयमै उपचार नपाएपछि उनीहरुको मृत्यु भएको अस्पताल अकास्मिक कक्षका प्रमुख नथुनी महतोले जानकारी दिए । 

सर्लाही अस्पतालमा अहिले दैनिक १० देखि १५ जनासम्म सर्पको डसाइका बिरामी आउने गरेको पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप