बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान दिवसको अवसरमा जापानस्थित नेपाली दूतावासद्वारा स्वागत समारोह

शुक्रबार, ०५ असोज २०७५, २० : ५४
शुक्रबार, ०५ असोज २०७५

काठमाडौं– तेस्रो संविधान दिवसको अवसरमा जापानस्थित नेपाली राजदूतावासले टोकियोको ओकुरा होटलमा शुक्रबार एक  स्वागत समारोहको आयोजना गरेको छ । 

कार्यक्रममा  जापान लागि नेपाली र राजदूत प्रतिभा राणाले स्वागत मन्तव्य राख्दै व्यापक सहभागितामा समावेशी, संघीय तथा पूर्ण लोकतान्त्रिक संविधान जारी भएकोले नेपालको इतिहासमा यो दिन अत्यन्तै महत्त्वपुर्ण भएको बताइन् । 
 सो अवसरमा राजदूत राणाले ३ वर्षअघि जारी भएको संविधान बमोजिम व्यापक जनसहभागितामा तीनै तहको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भई संघीय तथा प्रादेशिक सरकारहरु गठन भएको पनि बताइन् । 
यस्तै  प्रधानमन्त्री के पी शर्मा ओलीको “समृद्ध नेपाल सुखी नेपाली” को सोचलाइ यथार्थमा परिणत गर्न आर्थिक विकास तथा समृद्धि हासिल गर्ने मूल ध्येयका साथ नेपाल सरकार अगाडी बढिरहेको पनि उनले बताइन् । 
नेपालको राजनैतिक स्थिरता, विदेशी लगानीमैत्री नीति एवं भौगोलिक अवस्थिति आदि कारणले नेपाल विदेशी लगानीको लागि अत्यन्त उपयुक्त मुलुक रहेको भन्दै उनले  जापानी लगानीकर्ताहरुलाई नेपालमा लगानी गरी फाइदा उठाउन आग्रह गरिन् । 

सो अवसरमा जापानी विदेश मामिला उपमन्त्री इवाओ होरीले नेपालको संविधान दिवसको उपलक्ष्यमा शुभकामना दिँदै  नेपालले तीनै तहको निर्वाचन स्वच्छ, निश्पक्ष र पारदर्शी ढंगले सम्पन्न गरेकोमा बधाई  दिए । 
नेपाल र जापान बीच अत्यन्त बलियो आर्थिक, सामाजिक,  तथा साँस्कृतिक सम्बन्ध रहेको चर्चा गर्दै आउदा दिन यो सम्बन्ध अत्यन्त व्यापक र प्रगाढ बनोस भन्ने कामना पनि उनले गरे । 

समारोहमा जापान सरकारका विभिन्न निकाय र अन्य सार्वजनिक संस्थाहरूका उच्च पदाधिकारी, जापानका लागि विभिन्न देशका राजदूत, जापानी नागरिकका साथै  जापानस्थित नेपाली समुदायका सदस्यहरूको ठुलो संख्यामा उपस्थिति रहेको   दूतावासले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप