बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गिता एभिएसनद्धारा सञ्चालित क्याविन क्रु (एयर होस्टेस) ट्रेनिङ सम्पन्न

शुक्रबार, ०५ असोज २०७५, २१ : १४
शुक्रबार, ०५ असोज २०७५

काठमाडौं । गिता एभिएसनद्धारा सञ्चालित क्याविन्कु (एयर होस्टेस) ट्रेनिङको आज चौथो व्याचको ‘ग्रयाजुकेशन’ कार्यक्रम सम्पन्न भएको छ ।  

कार्यक्रममा गिता एभिएसनका सञ्चालक तथा सौर्य एयरलाईन्सका पाईलट जनक अधिकारीले आगामी दिनमा अझै गुणस्तरिय ट्रेनिङ दिने वाचा गरेका छन् । 

गिता एभिएसनले सम्पूर्ण वर्गलाई ध्यान राखेर न्यूनतम शूल्क लिई स्तरिय ट्रेनिङ प्रदान गरिरहेको उनले जानकारी गराए । अब केही वर्षमा यस ट्रेनिङलाई अझै ठूलो आकार दिई अझै ‘एडभान्स ट्रेनिङ’ गराउने उनले उल्लेख गरे ।

कार्यक्रममा प्रमुख अतिथि सौर्य एयरलाईन्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले गिता एभिएसनले Cabin Crew (Air Hostess) Training  मा मात्र हैन एभिएसनको हरेक क्षेत्रमा उल्लेखनिय उपलब्धी गरेकोमा प्रशंसा समेत गरे । 

गिता एभिएसनले एयरलाइन्सप्रति गरेको कार्य प्रसंसनीय रहेको भन्दै उनले विषेशगरी गिता एभिएसनको प्रोडक्टलाई प्राथमिकता दिने समेत घोषणा गरे ।  

कार्यक्रममा मार्केटिङ प्रमुख मुकेश खनाल, चिफ पाइलट अनुप थापा, क्यापटेन भावना पन्त गिरीको पनि उपस्थिति रहेको थियो । 

के हो गिता एभिएसन ?

गिता एभिएसनले पाइलट ट्रेनिङमा पनि यस क्षेत्रमा इच्छुक व्यक्तिलाई सस्तो, सुलभ र गुणस्तरिय ट्रेनिङको लागि प्रेरित गरिरहेको छ ।

यस कम्पनीले हाल सम्म २५० जना भन्दा बढिलाई ट्रेनिङ दिइसकेको छ । यस कम्पनीको मुख्य उद्देश्य एभिएसन क्षेत्रमा सम्पूर्ण मान्छेलाई जानकार बनाउने, पाइलट, एअरहोस्टेस जस्ता एभिएसन कोर्सहरु पढ्न चाहनेलाई न्यूनतम शूल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको छ । 

हाल यस कम्पनीले विभिन्न एयरलाइन्सहरुलाई समेत हरेक विधामा सेवा प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप