शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भाजपा नेता जौलीको भनाइमा सत्यता नभएको प्राधिकरणको भनाइ

शनिबार, ०६ असोज २०७५, ०६ : १६
शनिबार, ०६ असोज २०७५

काठमाडौं - भारतीय जनता पार्टीका नेता विजय जौलीले नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको बारेमा दिएको अभिव्यक्तिलाई नेपाली अधिकारीहरुले खण्डन गरेका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भारतीय नेता जौलीले ६३ बर्षदेखि त्रिभुवन विमानस्थलमा केही नगरिएको भन्ने कुराम कुनै सत्यता नभएको र धावनमार्गको नियमित मर्मत सम्भार, विस्तार काम भइरहेको बताएका छन् । 

उनले यस विषयमा अरु थप केही नबोल्ने तथा आफूलाई पत्रको बारेमा कुनै किसिमको जानकारी नभएको समेत बताए । यस सम्बन्धमा आएका टीकाटिप्पणी पढेर मात्र बोल्ने उनले बताए । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

प्रधानमन्त्रीलाई भाजपा नेताको चिठ्ठीः 'त्रिभुवन विमानस्थल खतराको सूचीमा छ'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप