शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अश्लील वेबसाइट बन्द गर्दै सरकार

शनिबार, ०६ असोज २०७५, ०६ : ५९
शनिबार, ०६ असोज २०७५

काठमाडौं - सरकारले यौनजन्य अश्लील सामाग्री प्रकाशन गर्ने वेबसाइट बन्द गराउने भएको छ । नागरिक दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील समाग्रीमा सहज पहुँच हुँदा सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता वेबसाइट बन्द गराउन लागेको हो । 

सञचार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी त्यस्ता वेबसाइट बन्द गरउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ । 

मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार यौनजन्य अश्लील समाग्री आदनप्रदान प्रकाशन र प्रसारणलाई बन्देज लगाएको समेत उल्लेख गरिएको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२१ मा उल्लेख गरिएअनुसारका सामाग्री आएका वेबसाइट बन्द गराइने मन्त्रालयका प्रवक्ता मुकुन्द शर्माले बतए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप