बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आज प्रयोग गर्नुहोस् यी रङ र अंक

शनिबार, ०६ असोज २०७५, ०९ : ०७
शनिबार, ०६ असोज २०७५

कुन राशि भएका व्याक्तिहरुले आज (२०७५-०६-०६) कस्तो रङ र अंक प्रयोग गर्ने ? 

 

मेष : आए भावमा गोचर गर्ने चन्द्रमाले प्राकृतिक तथा  सरकारि साधन साधन स्रोतको भरपुर प्रयोग गरि आम्दानि बढाउन सकिनेछ । पढाई लेखाईमा सफलत हात पार्न सकिनेछ । कफि रङको प्रयोग गर्नुहोला । ॐ गजकर्णाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । ५ र ७ अंकको प्रयोगले दिन शुभ रहनेछ । 

 

बृष : कर्म स्थानमा गोचर गर्ने चन्द्रमाले फाली फलाम तथा हार्डवयेर सँग सम्बन्धित काममा समय दिनेहरुका लागि राम्रो रहनेछ । राजनितिमा प्रयत्न गर्दा पद पाईनेछ भने नयाँ काम पाईने योग रहेकोछ । खरानि रङ प्रयोग गर्नुहोला । ॐ सहस्राक्षाय नम मन्त्रको प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ । २ र ५ अंकको प्रयोगले दिन शुभ रहनेछ । 

 

मिथुन : धार्मिक क्षेत्र सँग सम्बन्धित व्यापार व्यावसाय फस्टाएर जानेछ । भाग्यले साथ दिने हुँदा सानो लगानि फस्टाएर जानेछ । साहित्य लेखन,तथा गीत संगीतको क्षेत्रमा समय दिनुहोला । निलो रंगको प्रयोग गर्नुहोला । ॐ शर्वाय नम  मन्त्रको १०८ पल्ट प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ ।   २ र ३ अंकको प्रयोगले दिन शुभ रहनेछ । 

 

कर्कट : कष्ट भावमा गोचर गर्ने चन्द्रमाले तरल पदार्थ तगा भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुपर्नेछ । नया काम भन्दा पनि पुराना कामलाई निरन्तरता दिनुहोला ।  खानपान तथा मौषमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । सेतो रङ प्रयोग गर्नुहोला । ॐ नमो भगवते वासुदेवाय मन्त्रको प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ । १ र ४ अंकको प्रयोगले दिन शुभ रहनेछ । 

 

सिंह : व्यापार भावमा गोचर गर्ने चन्द्रमाले विपरित लिङग सम्ग मिलेर काम गर्नुहोला मनग्गे आम्दानि हुनेछ । साझेदारि व्यावसाय सुरु गर्नको लागि आजको समय मध्ययम रहेकोछ । मनोरञ्जनको क्षेत्रमा तपाईको उपश्थितीले महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ ।  रातो रङको प्रयोग गर्नुहोला । ॐ  त्रिलोकेशाय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि हुनेछ । १ र ६ अंकको प्रयोगले दिन शुभ रहनेछ । 

 

कन्या : छैटौ भावामा गोचर गर्ने चन्द्रमाले बिद्यँ तथा प्रतिपर्धामा आजको दिन सहभागि हुनुहोला नतिजा तपाईको हातमा पर्नेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला  हुनेछन् । मामा तथा मावली पक्षबाट हुने काम आजनै सम्पन्न गर्नुहोला । निलो रङको प्रयोग गर्नुहोला । ॐ आं संकर्षणाय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि हुनेछ । ३ र ६ अंकको  दिन शुभ रहनेछ । 

 

तुला :  पञ्चम भावमा गोचर गर्ने चन्द्रमाले पढाई लेखाईमा थोरै समय लगानि गर्दा राम्रो नतिजा आउनेछ । पत्रकारिता,गीत,संगित तथा मोडलिङ पेशा व्यावसायमा सम्लग्न व्याक्तिहरुका लागि समयले साथ दिनेछ । निलो रङको प्रयोग गर्नुहोला । ॐ देवमाताय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । ३ र ७ अंकको प्रयोग गर्नुभयो भने आजको दिन शुभ रहनेछ । 

 

बृश्चिक : सुख स्थानमा गोचर गर्ने चन्द्रमाले राजनिति तथा समाजसेवामा आज समय दिन सक्दा नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ ।  आमा अग्रजको सुझाब मान्दै अगाडि बढ्नुहोला । भौतिक सम्पति तथा सवारी साधन प्रप्त हुने योग रहेकोछ । शुभ रङ रातो प्रयोग गर्नुहोला । ॐ ॐ सिद्धिविनाएक नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । ५ र ९ अंकको प्रयोगले दिन शुभ रहनेछ ।

 

धनु : पराक्रम स्थानमा गोचर गर्ने चन्द्रमाले दाजुभाई तथा छिमेकि सँग राए सल्लाह लिएर काम गर्दा गन्तव्य पहिल्यान सकिनेछ । खेलकुद तथा पराक्रमि क्रियाकलापमा भाग लिनुहोला पुरस्कार ंतथा प्रशंसा पत्र जित्न सकिनेछ । साहित्य लेखनका लागि आजको दिन उत्तम रहेकोछ । खरानि रङको प्रयोग गर्नुहोला । ॐ दिगम्बराय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने १ र ३ अंकको प्रयोगले दिन शुभ रहनेछ । 

 

मकर : धन स्थानमा गोचर गर्ने चन्द्रमाले होटल तथा रेष्टुरेष्ट व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । थोरै बोलेर राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ ।  रातो तथा प्याजी रङ प्रयोग गर्नुहोला । ॐ सहस्रपादाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ भने १ र २ अंकको प्रयोगले आजको दिन शुभ रहेकोछ । 

 

कुम्भ : पहिलो भावमा गोचर गर्ने चन्द्रमाले कुनै पनि नयाँ काम सोच्नुभएकोछ भने आजको दिन उत्तम रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ । भौतिक सम्पति तथा बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउन सकिनेछ । निलो रङको प्रयोग गर्नुहोला । ॐ चामुंडाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ  । ३ र ५ अंक प्रयोगले दिन शुभ रहनेछ ।

 

मिन :  खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वदेशमा उत्पादित सामानको व्यापार भन्दा विदेशमा उत्पादिन सामानको व्यापारमा लगानि गर्दा मनग्गे आम्दानि गर्न सकिनेछ । विदेश यात्रा सँग सम्बन्धित कामहरु आजको दिन गर्दा सहज रुपमा सम्पादन हुनेछन् । हरियो रङको प्रयोग गर्नुहोला । आजको लागि ॐ श्री दुर्गायै नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ  । ३ र ४ अंक प्रयोगले दिन शुभ रहनेछ ।

 

ज्योतिषी डिपी भण्डारि 

फोन नं.९८०८३७२०७५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप