भारतीय र्यापर बादशाह काठमाडौंमा, दरबारमार्ग स्ट्रिट फेस्टिबलमा कन्सर्ट
शनिबार, ०६ असोज २०७५, ११ : ४०
स्टेजमा बादशाह भनेर चिनिने भारतीय र्यापर आदित्य प्रतिक सिंह सिसोडिया काठमाडौं आइपुगेका छन् ।
उनी १४ औं दरबारमार्ग स्ट्रिट फेस्टिबलमा कन्सर्टका लागि काठमाडौं भित्रिएका हुन् ।
टिभीएस मोटर्स इन्डिया र जगदम्बा मोर्टर नेपालको सहकार्यमा आयोजित उक्त कन्सर्ट शनिबार १२ बजेदेखि सुरु हुँदैछ । कन्सर्टमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
उक्त कन्सर्टमा बादशाहलगायत नेपाली कलाकार इन्दिरा जोशी, एडरे, एज ब्यान्ड, बुगी वुगीका टप थ्री तथा नेपाल आइडलका टप थ्री कलाकारको प्रस्तुती रहने छ ।
उक्त फेस्टिबलमा खानाका स्टलहरुका साथै किड्स जोन पनि रहनेछ । कार्यक्रममा टिभिएस एनटर्कका पहिलो ५० जना ग्राहकले बादशाहलाई भेट्न पाउनेछन् । एकजना भाग्यशाली दर्शकलाई बम्पर उपहारस्वरुप टिभिएसको एनटर्क स्कूटर प्रखान गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोडारीको दाबीमा नाउपाका पाँच सांसदको आपत्ति, पुगे प्रदेश प्रमुखको कार्यालय
-
कतारका सरकार प्रमुखको सुरक्षा व्यवस्थाबारे जंगी अड्डामा छलफल
-
हिमाल जोगाउन विश्वलाई आह्वान गरिरहेका ती ‘दृश्य भाषा’
-
बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर स्थापना
-
सुँगुर पाल्न् महिलाले लाखौंको जागिर छाडेपछि...
-
ट्रेलरमा यस्तो देखियो अनमोलको ‘फर्की फर्की’