बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मालिकसहित ४ जनालाई जलाएर हत्या गर्ने घरेलु सहयोगीलाई मृत्युदण्ड

शनिबार, ०६ असोज २०७५, १२ : ५९
शनिबार, ०६ असोज २०७५

एजेन्सी । एक चिनियाँ घरेलु सहयोगीलाई नियोजित रुपमा घरमा आगो लगाएर आमासहित तीन बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्डको सजाय दिइएको छ ।

चीनको हाङझोको पूर्वी सहरमा भएको उक्त घटनामा ३५ वर्षीया मो हुवानजिङलाई गत फेब्रुअरीमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

जुवाका कारण धेरै ऋणमा परेपछि मोले घरमा आगो लगाएर आफ्नो मालिकलाई सकुशल उद्धार गर्ने योजना बनाइएकी थिइन् । उद्धार पछि मालिकले आफूलाई थप रकम सहयोग गर्ने उनले आशा गरेकी थिइन् ।

तर, १८ औँ तल्लामा रहेको अपार्टमेन्टमा आगलागी हुँदा झु सायोझेनसहित उनको ६, ९ र ११ वर्षीय सन्तानको मृत्यु भएको थियो ।

सन् २०१७ को जुनमा भएको उक्त घटनाको बेला पिता लिन सेङबिन भने व्यावसायिक कामले बाहिर रहेका थिए ।

मोले अपार्टमेन्टको लिभिङरुममा लाइटरले आगो सल्काएकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप