शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आइफोनका नयाँ मोडलको बिक्री सुरु, स्टोर बाहिर खरिदकर्ताको यस्तो भीड

शनिबार, ०६ असोज २०७५, १३ : १०
शनिबार, ०६ असोज २०७५

एप्पलले शुक्रबारदेखि आफ्ना तीन नयाँ आइफोनको मोडल आइफोन एक्सएस, आइफोन एक्सएस म्याक्स र एक्स आर बिक्रिका लागि खुल्ला गरेको छ । नयाँ मोडल बिक्रिका लागि राखेसँगै संसारभरीका सबै एप्पल स्टोर बाहिर खरिदकर्ताको लामो लाइन लाग्न सुरु भइसकेको छ । यीमध्ये धेरैजसो युवा छन् । युवाबीच आइफोनको क्रेज सबैभन्दा धेरै छ ।

यसैबीच सोसल मिडियामा आइफोन स्टोर बाहिर लागेको लाइनको तस्बिर भाइरल भइरहेका छन् ।

सिंगापुरमा शनिबार एप्पल स्टोर खोलिनु अघि नै मानिसहरुको भीडको तस्बिर सार्वजनिक भएको छ । यति मात्र होइन राती वर्षा हुँदा पनि मानिसहरु पसल बाहिर लाइनमा उभिइरहेका देखिएका थिए । यही दृश्य दुबई, बर्लिनजस्ता देशमा पनि देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप