शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोटका सबै क्षेत्रमा केन्द्रीय विद्युत्को पहुँच पुग्ने

शनिबार, ०६ असोज २०७५, १८ : १२
शनिबार, ०६ असोज २०७५

जाजरकोट । यस आर्थिक वर्षमा नै जाजरकोटका सबै क्षेत्रमा केन्द्रीय विद्युत्को पहुँच पुग्ने भएको छ । जिल्ला सदरमुकाममा मात्र अहिले केन्द्रीय प्रसारणको विद्युत् आपूर्ति हुँदै आएकोमा यो आर्थिक वर्षभित्र जिल्लाका सबै ठाउँमा विद्युतीकरण गर्न लागिएको नेपाल विद्युत् प्राधिकरण जाजरकोटका महेन्द्रबहादुर सिंहले जानकारी दिए । 

अहिले जाजरकोटको भेरी नगरपालिका–१३ कुदुसम्म ३३ केभी प्रसारणको विद्युत् आपूर्ति हुँदै आएको छ भने जाजरकोट सदरमुकाम खलङ्गामा ११ केभी प्रसारणको विद्युत् आपूर्ति हुँदै आएको सिंहले जानकारी दिए । 

जाजरकोट सदरमुकामदेखि बाहिर रहेका स्थानीय तहमा विद्युतीकरणका लागि टेण्डर भइसकेलगत्तै काम शुरु हुने सिंहले जानकारी दिए । भेरी करिडोर र मध्यपहाडी लोकमार्गका सबै गाउँमा विद्युत् सेवा छिटो पु¥याउनका लागि काम शुरु भएको सांसद गणेशप्रसाद सिंहले बताए । 

जाजरकोट वितरण केन्द्रमार्फत शिवालय गाउँपालिकाको छेडाचौर हुँदै मोर्कबजार, बालुवा, खारा, मनघाट थलह, सानाखोला बागमारेसम्म पश्चिम जाजरकोट, पूूर्वको नलगाड नगरपालिका, भेरी नगरपालिका, पश्चिमको छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा यसै वर्ष विद्युतीकरण गरिनेछ । 

त्यस्तै खलङ्गा, पाँचकाटिया, ढिमे, चोकमा र नलगाड नगरपालिकाको कालीमटी हुँदै बारेकोट गाउँपालिकाको सक्ला लिम्सामा समेत यसै वर्ष विद्युतीकरण हुने छ । त्यस्तै पूर्वको भेरी नगरपालिकाको खलङ्गा, रिम्ना, नलगाड नगरपालिकाको कालीमटी हुँदै चौखा भगवती हुँदै डोल्पासम्म विद्युतीकरणको काम शुरु भएको छ । 

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत भेरी नगरपालिकाको कुदु, हुँदै जगतीपुर, स्याउलीबजार, पोखरा, कार्कीगाउँ, झार्पा दशेरा, सुयाडासम्म विद्युतीकरणका लागि पलामका आधा भागसम्म पोल गाडिसकेकाले तार तान्ने काम शुरु गर्ने तयारीमा रहेको सांसद सिंहले जानकारी दिए । 

सबैमा पहुँचमा विद्युत् सेवा विस्तार गर्नका लागि मन्त्रालयको पुरै ध्यान केन्द्रित भएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । त्यस्तै डोल्पाको मुट्केचुला गाउँपालिका, जगदुला गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगपालिका विद्युतीकरण गर्नका लागि बजेट विनियोजन भएकाले यसै वर्ष काम शुरु हुने सांसद सत्य पहाडीले बताए । 

यही आर्थिक वर्षमा केन्द्रीय लाइन डोल्पा लिनका लागि भेरी करिडोर सडकखण्डभित्र काम भएका सडकभित्रका ठाउँमा र आसपासका क्षेत्रमा केन्द्रीय लाइन विस्तार हुने पहाडीको भनाइ छ दशैँभित्र डोल्पाको दुनैमा राष्ट्रिय सडक सञ्जालमा जोडिने नेपाली सेना जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडीले जानकारी दिए । सडक पुगेलगत्तै डोल्पामा केन्द्रीय लाइन विस्तार गर्न थप सजिलो हुने नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप