शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको ‘अहङ्कारी’ अभिव्यक्तिबाट दुःखी : इमरान खान

शनिबार, ०६ असोज २०७५, २१ : ३७
शनिबार, ०६ असोज २०७५

पाकिस्तान । नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् शनिबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बैठक रद्द गर्ने बिषयलाई लिएर दुःख व्यक्त गरेका छन् । 

पाकिस्तानी प्रधानमन्त्रीले आफ्नो ट्वीटर पेजमा एक सन्देश लेख्दै भनेका छन्, ‘भारत–पाकिस्तानबीचको शान्ति वार्तालाई पुनः आरम्भ गर्ने मेरो आह्वानप्रति भारतको अहङ्कारी तथा नकारात्मक प्रतिक्रियाबाट म दुःखी बनेको छु ।’

‘साना मान्छेले ठूला कार्यालयमाथि नियन्त्रण राख्नुपर्ने मेरो जीवनको अनुभवले र दृष्टिले ठूलो तस्वीर नदेखेको हुनसक्छ ।’ 

शुक्रबार दुई विशिष्ट प्रहरी अधिकारी र एक जना प्रहरी जवानलाई जम्मु–काश्मिरमा अपहरणपछि क्रुरतापूर्ण हत्या गरेको केही घण्टापछि भारतीय विदेशमन्त्री शुष्मा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरेसीबीच हुने भनी प्रस्तावित वार्ताबाट भारतपछि हटेको सङ्केत गरेका थिए । 

यस पहिले यही सेप्टेम्बरको १८ गते सीमा सुरक्षा बलका प्रहरी जवान नरेन्द्र सिंहको पनि जम्मु नजिकैको भारत–पाकिस्तानको अन्तराष्ट्रिय सिमाक्षेत्रमा बन्दूक बोकिरहेको अवस्थामा हत्या भएको थियो । 

शुक्रबार भारतीय विदेश मन्त्रालयले आफ्नो निर्णय घोषणा गर्दै पाकिस्तानी प्रधानमन्त्रीको वास्तविक अनुहारलाई सिमानामा भएका हत्याले छर्लङ्ग देखाएको बताएको थियो । 

भारत तथा पाकिस्तानका विदेशमन्त्रीहरूबीच संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभाका अबसरमा भेट हुने कार्यक्रम तय भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप