मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदर्शन मितिसँगै ‘दि कर्मा’ले ल्यायो यस्तो फष्टलुक

आइतबार, ०७ असोज २०७५, १० : ३२
आइतबार, ०७ असोज २०७५

काठमाडौं – भारतिय मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको चलचित्र ‘दि कर्मा’को फष्टलुक भिडियोमा आएको छ । भिडियोमा अभिनेता करण मात्र देखिएका छन् । 

आमा नेपाली चलचित्रको भन्दा भिन्न तरिकाले यसको फष्टलुक ल्याइएको छ । फष्टलुकमा हिरो एङग्री लुक्समा प्रस्तुत भएका छन् । करण ‘मिस्टर इन्डिया २०१७’ का विजेता हुन् । 

जय राज रायले निर्माण गरेको चलचित्र देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । ७ मंसिर प्रदर्शन मिति तय गरिएको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व छ । 

जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको चलचत्रि नेपालको तराई क्षेत्रमा छायाँकन गरिएको छ । 
नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ । 
रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्र काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्दैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप