बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासी : आगलागी हुँदा लाखौंको क्षति

आइतबार, ०७ असोज २०७५, १० : ४३
आइतबार, ०७ असोज २०७५

 बुटवल– आज बिहान करिव ३ बजेको समयमा विद्युत सर्ट भई आगलागी हुँदा नवलपरासीको कावासोतीमा एक घर जलेर नष्ट भएको छ ।  

कावासोती नगरपालिका–८ का पुर्णचन्द्र लम्सालको घर जलेर नष्ट भएको हो । 

 आगलागीबाट अन्नपात, लत्ताकपडा र नगद गरी रु ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको  जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएका छ ।  दमकल, प्रहरी र स्थानीयको प्रयासमा आगो  दुई  घण्टा पछि  निभाइएको थियो । 

आगलागीबाट   कुनै मानवीय क्षति भने भएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप