शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इन्गेजमेन्टमा बुवा मुकेश अम्बानीसँग यसरी इन्ट्रि भइन् ईशा अम्बानी (भिडियो)

आइतबार, ०७ असोज २०७५, ११ : ४४
आइतबार, ०७ असोज २०७५

ईशा अम्बानीको इटालीमा चलिरहेको इन्गेजमेन्ट पार्टीमा धेरैको रुची छ । ईशाको इन्गेजमेन्टको पार्टीको तस्बिर र भिडियो धेरैले हेरिरहेका छन् । हालै, ईशा अम्बानी पिता मुकेशसँग इन्ट्रि गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

गोल्डन इम्ब्रोइडेड ड्रेसमा बुवाको हात समातेर इशा इन्ट्रि गरिरहेको देख्न सकिन्छ । भिडियोमा इशा पाहुनाको स्वागत गरिरहेको देख्न सकिन्छ । इन्गेजमेन्ट स्थानसम्म ईशालाई ल्याएर मुकेशले आफ्नी छोरीको हात आनन्द पिरामिलाई सुम्पिए ।

इटालीको लेक कोमोको लग्जरी प्रोपर्टीमा आयोजित अम्बानी परिवारकी छोरी ईशाको इन्गेजमेन्टमा विभिन्न हस्ती समावेश भए । बलिउड स्टार आमिर खानदेखि निक जोनस, प्रियंका चोपडा, करण जोहर, अनिल कपुर, जान्ह्वी कपुर, मनिष मल्होत्रा, जुही चावला, सोनम कपुरलगायतका सेलिब्रिटी ईशाको इन्गेजमेन्टका लागि इटाली पुगे ।

के हो यो डेस्टिनेशनको विशेषताः

बिजनेस टुडेका अनुसार इटलीको लोम्बार्डी क्षेत्रस्थित लेक कोमो रोमन कालदेखि नै व्यापारी र धनी व्यक्तिहरुको रुचीको स्थान हो । साथै, यहाँ विभिन्न हस्तीले विवाह गरेका छन् । दीपिका पादुकोण र रणबीर सिंहले पनि यही विवाह गर्ने खबर बाहिरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप