मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अजोड इन्स्योरेन्स लिमिटेड र ब्लुक्रस हस्पिटल बीच सम्झौता

आइतबार, ०७ असोज २०७५, १३ : १७
आइतबार, ०७ असोज २०७५

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र ब्लुक्रस हस्पिटलबीच औषधोपचार बीमाको लागि नगद रहित (क्यासलेस) बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री तथा ब्लुक्रस हस्पिटलको तर्फबाट एक्ज्यूकेटिभ मेम्बर कमिटिका सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले बिरामी भई ब्लुक्रस हस्पिटलमा औषधोपचार गराउँदा बीमालेखको सिमासम्म छिटो छरितो र सरल तथा ब्यवस्थित रुपमा नगद रहित बीमा सुविधा पाउन सक्ने कम्पनीका सहायक महा–प्रबन्धक अनिल अर्यालले जानकारी दिए ।

आषाढ २१ गतेबाट बीमा कारोवार शुरु गरेको अजोड इन्स्योरेन्स प्रविधिमा आधारित बीमा सेवा प्राथमितकता दिएको छ । त्यसै क्रममा उक्त हस्पिटलसँग नगद रहित सेवा उपलब्ध गराएको हो । यो कार्य क्रमिक रुपमा देशैभरका प्रमुख शहरहरुमा रहेका हस्पिटलहरुमा उपलब्ध गराईने अजोडले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप