बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सामसङ ग्यालेक्सी नोट ९ प्री–बुकिङ गर्ने ग्राहकहरु पुरस्कृत

आइतबार, ०७ असोज २०७५, १३ : २८
आइतबार, ०७ असोज २०७५

काठमाडौें । सामसङ इलेक्ट्रोनिक्स नेपालले सामसङ ग्यालेक्सी नोट ९ प्री–बुकिङ गर्ने ग्राहकहरु मध्येबाट भाग्यशाली विजेता छनौट गरेको छ ।  विजेताहरुमा विनय चौधरीले प्रथम पुरस्कार स्वरुप टर्किस एयरको विजिनेस क्लासको राउन्ड टिकट प्राप्त गरेका छन् ।

त्यसै गरी निकेश प्रजापतिले केजी एच होटलको डेस्टिनेशनमा २ रात वस्ने टिकट जित्न सफल भएका छन् । तेस्रो विजेताका रुपमा दुर्गा बहादुर घिमिरे र नारायण न्यौपानेले लेट मी इनको तर्फबाट जनही  १० हजारको भौचर प्राप्त गरेका छन् ।

क्षितिज तुलाचन र श्याम बज्राचार्य ले सामसङ गियर फिट२ प्रो जितेका छन् । सामसङले यो योजना अगस्ट महिनाको १७ तारिखदेखि ३० तारिखसम्म मात्र सञ्चालन गरेको थियो । भाग्यशाली विजेताहरुको छनौट आफ्नो आधिकारिक फेसबुक पेज मार्फत् यही सेप्टेम्बर महिनाको ७ तारिखमा लाईभ प्रसारण मार्फत् गरिएको थियो ।  

प्री–बुकिङ गर्ने ग्राहकहरुलाई फोन एक वर्ष भित्रमा टुटफुट भएमा बीमा दावीको साथ १८ हजार एमबी एनसेल डाटा प्रदान गरेको थियो । साथै छालाको वालेट कभर र एचडीएमआई एडेप्टर वा थप १० हजार थप गरी ं एचडीएमआई एडेप्टर को सथा सामसङ कर्भ मनिटर प्राप्त गर्न सकिने सुविधा प्रदान गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप