शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शेयर बजार सामान्य अङ्कले सुधार

आइतबार, ०७ असोज २०७५, १६ : ०९
आइतबार, ०७ असोज २०७५

काठमाडौँ– धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक २.६१ विन्दुले बढेर एक हजार २५७.६८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८२ विन्दुले बढेर २६६.९१ विन्दुमा पुगेको छ । सामान्य अङ्कले बढेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ । 

कूल १६७ कम्पनीको ५५ लाख ४९ हजार ६२१ कित्ता शेयर रु ६९ करोड ३६ लाख ६१ हजार २५६ मूल्यमा कारोवार भएको छ । पाँच उपसमूहको शेयर ओरालो लाग्दा ६ उपसमूहको शेयर भने वृद्धि भएको छ । बैंकिङ ८.८४, व्यापार ९.७१, होटल ७.४४, विकास बैंक १.४३, जलविद्युत् ६.३९ र वित्त क्षेत्र २.४३ बिन्दुले बढेको छ । 

यस्तै निर्जीवन बीमा ६२.६३, उत्पादन २।३३, अन्य ८.९९, माइक्रोफाइनान्स ८.९२ र जीवन बीमा २३.४७ विन्दुले घटेको छ । स्टकका अनुसार आज साल्ट टे«डिङ कर्पोरेशन र प्रभु बैंकका लगानीकर्ताले कमाएका छन् भने कालिका लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप