शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सभापतिमा जैरु निर्विरोध निर्वाचित

आइतबार, ०७ असोज २०७५, १६ : ३७
आइतबार, ०७ असोज २०७५

काठमाडौँ– सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा सांसद निरादेवी जैरु निर्विरोध निर्वाचित भएकी छन् । 

समितिको आजको बैठकमा सांसद गणेशसिंह ठगुन्नाले सभापतिमा जैरुको नाम प्रस्ताव गरेका थिए । प्रस्तावलाई सांसद प्रभु साहले समर्थन गरेका थिए । बैठकको अध्यक्षता गर्नुभएका सांसद राधेश्याम अधिकारीले समितिको सभापतिमा जैरु निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

नवनिर्वाचित सभापति जैरुले निर्विरोध निर्वाचित गर्न सहयोग गर्नुहुने सांसदलाई धन्यवाद दिनुहुँदै समितिको जिम्मेवारी निर्वाह गर्न पनि सबैको साथ पाउने विश्वास व्यक्त गरे । सङ्घीय संसद् संयुक्त बैठक र संयुक्तसमिति (कार्य सञ्चालन) नियमावली २०७५ अनुसार समितिमा १५ सदस्य रहने व्यवस्था छ । 

प्रतिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीन सदस्यले समितिमा प्रतिनिधित्व गर्ने प्रावधान रहेको संसद् सचिवालय कानून महाशाखा प्रमुख सहसचिव अर्जुनकुमार खड्काले बताए । हाल समितिमा प्रतिनिधिसभाबाट ११ र राष्ट्रियसभाबाट तीन गरी १४ सांसद रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप