रौतहटमा जबर्जस्ती करणीका घटनामा बृद्दि
संजय मिश्रा
रौतहट– रौतहटमा जबर्जस्ती करणीका घटनामा बृद्धि भएको छ । राजनीतिक हस्तक्षेप, घटनापछि दोषीलाई बचाउने चलखेल, तथा पैसाको लेनदेनमा अदालतमा गई पीडितद्धारा इन्कार गर्ने प्रवृतिका कारण करणीका घटनामा बृद्दि भएको हो । जिल्लामा प्रत्येक हप्तामा सरदर दुईवटा जबर्जस्ती करणीका घटना भइरहेको तथ्यांकमा देखिएको छ ।
आर्थिक वर्ष सुरु हुने साउनदेखि हालसम्म जिल्लामा कुल १७ वटा जबरदस्ती करणीको घटनाका मुद्दा प्रहरीमा दर्ता भएको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी महेन्द्र मरासिनिकाअनुसार १७ वटा घटनामा संलग्न १९ जना अभियुक्तमध्ये १० जना पक्राउ परिसकेका छन ।
अन्य नौजना अभियुक्त भने हालसम्म फरार रहेको तथा उनको खोजी भइरहेको प्रहरी प्रवक्ता मरासिनीले जानकारी दिए । अभियुक्त सबैमाथि जबर्जस्ती करणीको मुद्धा दर्ता भई जिल्ला अदालत गौरमार्फत कानुनी कार्वाही अगाडी बढाई सकिएको उनले जानकारी दिए ।
१७ वटा करणीका घटनाका पीडितमध्ये अधिकांश नाबालिका रहेको प्रहरीको तथ्यांकले देखाएको छ । ललाई फकाई, झारफुँकको बहानामा उक्त घटनाहरु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले विभिन्न प्रकारका लागूऔषध, मदिराजन्य पदार्थको सेवनको कारण पनि यस्ता घटनामा बृद्दि भएको बताए ।
विगतमा समाजमा यस्ता घटनाहरु हुँदा स्थानीय स्तरमै मिलाउने चलन थियो । पछिलो केही समयदेखि विभिन्न संघ संस्थाद्दारा फैलाइएको चेतनामुलक कार्यक्रमका कारण पीडितहरुले कानुनी कार्वाहीमा अग्रसरता देखाएकाले पनि करणीका घटना बढेको जस्तो देखिएको उनले बताए ।
यस्ता घटनालाई न्युनीकरण गर्न जिल्ला प्रहरी तथा विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाको पहलमा जिल्लामा चेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको प्रजिअ गोविन्द रिजालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’