बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरी हबल्दार छोराको हत्यारालाई बचाउन प्रहरीनै लागेको बाबुको आरोप

आइतबार, ०७ असोज २०७५, १८ : ४७
आइतबार, ०७ असोज २०७५

काठमाडौं– गत जेठ २३ गते सल्यानमा मृत फेलापरेका प्रहरी हवल्दार रमेशकुमार थापाको मृत्यु नभएर हत्या भएको र दोषीलाई प्रहरीले नै संरक्षण गरेको पीडित परिवारले आरोप लगाएको छ । 

आईतबार रिपोर्टर्स क्लब नेपालमा मृतकका बुबा भूपालबहादुर थापाले पत्रकार सम्मेलन गरेर आफ्नो छोराको मृत्यु नभएर रहस्यमय तरिकाले हत्या गरिएको र दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्नेमा प्रहरीले उल्टै घट्नालाई तोडमोड गरेको आरोप लगाए । 

उनले भने, ‘जेठ २३ गते सल्यानको सारदा नगरपालिका सिराचौर वडा नम्बर ५ को जंगलमा मेरो छोराको लाश भेटियो त्यसपछि दैलेखबाट ४ जना हाम्रा मान्छे लाश लिन सल्यान पुगे, त्यसपछि प्रकृति मुचुल्का उठाएर शवको पोष्टमार्टम गरियो, २४ गते राति ३ बजे छोरोको लाश दैलेख पुर्याइयो, हामीले धर्मकर्मको आधारमा सतगत गर्यौ, हामीलाई शंका लागेर सल्यान प्रहरीलाई जाहेरी दिन पुग्यौं । तर, जाहेरी लिन मानेन्, सल्यान प्रहरी प्रमुख भरतबहादुर बिककै सामुन्नेमा प्रहरी जवानसमेत रहेकी मेरी बुहारीले अपमान हुनेगरि कठालोसमेत समातिन्, प्रहरी प्रमुखले कुनै प्रतिक्रिया दिनुभएन ।’

उनले भने, ‘छोराको लाश भेटिएको ठाउँमा समेत नपुगेकी बुहारी, एकैचोटी अस्पतालमा पुगेकी थिईन् भन्ने मैले सुनें, श्रीमान् मरेको बेला पनि दुःखित् नहुनु, कुनै प्रकारको संवेदना प्रकट नगर्नुले छोराको हत्यामा संलग्न व्यक्ति त्यही बुहारी हो भन्ने मेरो दाबी छ, बुहारी र उसको आमा मिलेर यो सबै अपराध गरेको हुन सक्छन् भनेर म प्रहरीकहाँ जाहेरी दिन गएको थिएँ । तर, प्रहरीले जाहेरी बुझ्नै मानेन ।’ 

पीडित परिवारले दिएको जानकारीअनुसार बर्दियाको ईप्रका मैनापोखरबाट ३४ वर्षीय मृतक हवल्दार रमेशकुमार थापा जेठ २० गते ससुराली सल्यान पुगेका थिए ।  ईप्रका मैनापोखरमै कार्यरत महिला प्रहरी जवानसमेत रहेकी एवम् मृतक थापाकी श्रीमती यशोधरा रावल जेठ १७ गतेनै सल्यान आएको र श्रीमान श्रीमतीबीच मनमुटाव भएको सामान्य जानकारी पाएका पीडित परिवारले जानकारी दिएको छ । 

श्रीमान् र श्रीमती एउटै कार्यालयमा कार्यरत हुँदा पनि श्रीमान्लाई कुनै जानकारी नदिई एक्कासी यशोधरा आफ्नो माईतीघर सल्यान गएको पीडित पक्षको दाबी छ ।  मृतक थापाका बुबा भन्छन्, ‘राष्ट्रको सेवा गरिरहेको अवस्थामा मेरो छोराको एक्कासी हत्या भएको छ, हत्याको दोषीलाई चाँडो खोजेर कारबाही गर्नुपर्छ भनेर सल्यान, सुर्खेत हुँदै काठमाडौंसम्म पुगिसकेको छु, तर सरकार र प्रहरी प्रशासनले कुनै प्रकारको न्याय दिन्छजस्तो लाग्दैन, तथापि सरकारले मेरो छोराको हत्यारालाई कानूनी दायरामा ल्याएर कारबाही गरेन भने नेपालको अदालतमात्रै होइन अन्तर्राष्ट्रिय अदालतसम्म पुग्छु ।’

जिल्ला प्रहरी कार्यालय सल्यानले घट्नाको बारेमा सत्यतथ्य लुकाउन खोजेको पीडित परिवारले आरोप लगाएका छन् । मानव अधिकार तथा शान्ति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष मानबहादुर थापाले प्रहरी प्रशासन दोषीलाई उन्मुक्ति दिनतर्फ सक्रिय भएर लागेको आरोप लगाए । 

दुई महिना पहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घट्नालाई स्मरण गराउँदै हत्यामा संलग्नका प्रमाण नष्ट गर्न प्रहरीनै सक्रिय भएर लाग्ने गरेको गम्भिर आरोप 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप