शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

“फेरि आयो पाडो किन्दा भैंसी उपहार, जुत्ता किन्दा कार पाइने”

आइतबार, ०७ असोज २०७५, १८ : ४७
आइतबार, ०७ असोज २०७५

काठमाडौं–शिखर सुजले नजिकिँदै गएका दशैतिहारलगायतका चाडबाडलाई लक्षित फेरि आयो पाडो किन्दा भैंसी उपहार योजना ल्याएको छ ।

दशैं तिहार नयाँ कपडा र जुत्ता किन्ने चाड भएकाले ग्राहकलाई उनीहरुको रोजाइ अनुसारका नयाँ डिजाइनका जुत्ता भर्खरै बजारमा ल्याएको शिखरले हरेकलाई हात खाली नजाने गरी उपहार योजनासमेत ल्याएको हो ।

यस योजनामा जुत्ता किन्ने ग्राहकमध्ये एक जनाले बम्परमा कार उपहार पाउने छन् । ग्राहकले २ हजार रुपैयाँभन्दा बढी मूल्यका हरेक जुत्ता खरिदमा लेडिज स्यान्डल उपहार पाउने शिखरले जनाएको छ । कम्पनीले हरेक जुत्ता चप्पल खरिद गर्ने उपभोक्तालाई हात खाली नजाने गरी स्क्र्याच कुपनसमेत उपलब्ध गराउनेछ ।

स्क्र्याचमा हरेकले नगद उपहार पाउने शिखरका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली बिजेताले ह्याच्ब्याक कार जित्ने छन् । शिखरले चाडबाडलाई लक्षित गरेर भर्खरै १ सयभन्दा बढी प्रकारका नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ ।

ती डिजाइनमा पार्टी सुज, स्पोर्टस् सुज, क्याजुअल सुजका विभिन्न मोडल छन् । नेपाली जुत्तामध्ये धेरै ग्राहकको रोजाइमा पर्दै आएको शिखरले युवायुवती, स्कुले विद्यार्थी, कामकाजी ब्यक्तित्वहरुलाई लक्षित ती गरेर हरेक सिजनमा नयाँ डिजाइनका जुत्ताचप्पल उत्पादन गरेर बजारमा लैजाँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप