चीनको गोन्जाओमा दुई नेपाली प्रहरी नियन्त्रणमा
काठमाडौं– चीनको औधोगिक शहर गोन्जाउको लुचिङलुस्थित नेपाली रेष्टुरेन्ट कोहिनुरमा कुकको काम गर्ने दुई नेपाली बन्दी बनाइएका छन् । सो रेष्टुरेण्टमा काम गर्ने गोपाल खत्री र सुजनप्रसाद नेपाल बिगत ६० दिन देखि गोन्जाउको अध्यागमन हिरासतमा बन्दी बनाईएका हुन्।
उनीहरु बिना वर्कपरमिट पर्यटन भिजिट भिषामा काम गर्दै आएको आरोपमा बन्दी बनाइएको बुझिएको छ । यद्यपि, उनीहरुले रेष्टुरेण्टकै कारण वर्कपरमिट लिन नसकिएको उनका सहकर्मीले बताएका छन् । कोहिनुर रेष्टुरेन्ट व्यवसायिक रुपमा दर्ता नभएको र अनुमति बिनानै सञ्चालन गरिरहेको हुँदा कामदारलाई वर्क परमिट निकाल्न नसकिएको कुरा बन्दी भएका खत्री र नेपालका सहकर्मीले जानकारी दिएका छन् ।
चिनियाँ कानुनअनुसार त्यसरी वर्कपरमिट बिनानै काम गर्दा जेल र पैसा दुवै सजाय हुने प्रावधान छ । अध्यागमन विभागले प्रतिब्यक्ति ३५ हजार जरिवाना तोकेको हुँदा रेष्टुरेन्टका मालिक मिनबहादुर श्रेष्ठ उक्त रकम तिर्न आनाकानी गर्दै नेपाल फिर्ता भएका छन् । उक्त रेष्टुरेन्टमा काम गर्ने अर्का म्यानेजर पनि पक्राउ पर्ने डरले रातरात नेपाल पुगिसकेको बताइएको छ । श्रोतका अनुसार मीनबहादुर श्रेष्ठले हिरासतमा बन्दी आफ्ना कामदारलाई निकाल्नुको साटो फेरि नेपालबाट अर्का दुईजना नेपाली कुक ल्याएर लुकीछिपी रेष्टुरेन्ट सञ्चालन गरिरहेको बन्दी खत्री र नेपालका सहकर्मीहरुले बताएका छन्।
मिनबहादुरका छोरा राजु श्रेष्ठ पनि चीनमा रहँदा बारम्बार बन्दी हुने गरेको र उनी माथि पनि नक्कली भिषाको आरोप लाग्ने गरेको बताइन्छ । केही समयअघि राजु ड्रिंक एन्ड ड्राईभ केसमा २ महिना जेल बसेर डीपोर्ट भएको बुझिएको छ ।
उनलाई चीन सरकारले ५ बर्षका लागि निषेध गरेर चीनबाट डिपोर्ट गरेको छ । उनी नेपाल गएदेखि उक्त रेष्टुरेन्टको रेखदेख मीनबहादुर श्रेष्ठले गर्दै आएका छन् ।
मीन बहादुर श्रेष्ठ एनआरएन चीनका निवर्तमान सल्लाहकार पनि हुन् भने नेपालका बिभिन्न संघसंस्थामा रहि समाज सेवामा लागेका व्यक्ति पनि हुन् ।
यस बारेमा नेपाली महाबाणिज्य दुताबासका कर्मचारीसँग सम्पर्क गर्दा उनीहरुलाई दुईचोटी भेटन गएको बुझिएको छ । तर प्रहरीले छिट्टै प्रक्रिया पुरा गरी चीनको कानुनअनुसार जरिवाना तिरेमा समयमै नेपाल पठाईदिने आश्वासन दिएको छ । तर रेष्टुरेण्ट मालिक मिनबहादुरले भने बेवास्ता गरिएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी