नेपाल र मलेसियाबीचको खेल बराबरी
काठमाडौँ- एएफसी यु–१६ महिला च्याम्पियनसिपअन्र्तगत छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग बराबरी खेलको छ ।
हल्चोकस्थित एपिएफ क्लबको मैदान आज भएको खेलमा नेपालले मलेसियासँग ४÷४ गोलको बराबरी खेल्दै अङ्क बाडेको हो । नेपालका लागि कप्तान प्रिती राई, सुष्मा तामाङ र सबिता रानामगरले एक एक गोल गरिन् ।
त्यस्तै थप एक गोल भने मलेसियाले नेपालको लागि आत्मघाती गोल गरेको थियो ।
यता मलेसियाको लागि हेल्मा इम्लीले २ गोल गरिन भने विटी तामिङ र नरुल नबिलाले एक गोल थपिन् ।
समूह ‘इ’ बाट यसअघि नै बाहिरिसकेका नेपाल र मलेसियाले एक एक अङ्क जोडेर प्रतियोगिता सकाए । अघिल्ला दुई खेलमा दुवै टोलीले पराजय भोगेका थिए । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग चार शून्य गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा म्यानमारसँग ११ –१ ले पराजित भएको थियो ।
यता मलेसिया भने पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा फिलिपिन्ससँग पराजित भएको थियो । आजै भएको समूह चरणको अन्तिम खेलमा म्यानमारले फिलिपिन्सलाई ५–१ गौलअन्तरले पराजित गर्दै समूह इ को उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी